लन्डन । मिडल्याण्डवासी नेपालीलाई आसन्न एनआरएनए यूके निर्वाचनले छोएको छ । सेप्टेम्बर ९ मा हुने निर्वाचनका लागि निर्णायक मानिएको मिडल्याण्ड क्षेत्रमा मतदाताहरुसंग मत माग्न उम्मेदवारहरुको व्यस्तता जारी छ ।
यसै क्रममा शनिबार बर्मिङहमको वल्डबरीमा आयोजित अन्तरक्रियामा उम्मेदवारहरुले मत दिन अपिल गरे ।
पत्रकार शिव भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्षका उम्मेदवार दयानिधि सापकोटा, सहकोषाध्यक्ष उम्मेदवार सुरज पौडेल, सचिवका उम्मेदवार तारानाथ भण्डारी, सदस्यका उम्मेदवारहरु विष्णु खरेल, पवन शर्मा र कृष्ण ढकाल (कोलेश्वर) एवं एनआरएनए यूके आइसीसी सदस्यका उम्मेदवार देवराज आचार्य (चिरन) ले आ आफ्ना धारणा राख्दै मत दिन अपिल गरे । संस्थाको संरचनागत सुधारका लागि आफूहरु योग्य भएको उनीहरुको धारणा थियो ।
उपाध्यक्षका उम्मेदवार सापकोटाले सामाजिक चेतना, समाजको विकास र सफल नेतृत्व कसरी गर्न सकिन्छ भन्नेबारे सानै देखि सोच्दै आएको र २५ वर्षको अन्तरालमा विभिन्न संगठनमा आवद्ध भएको जनाउंदै संघमा समृद्ध, सफल नेतृत्वका लागि मिडल्याण्डबाट जुझारु टिम एनआरएनए यूकेमा गएको बताए ।
सृजनशील लेस्टर नेपाली समाजका पूर्व अध्यक्ष समेत रहेका सापकोटाले जल्ला बल्दा साथी पुगे संघलाई फरक ढंगले विकास गर्न सकिने विश्वास व्यक्त गरे । उनले यही सोमबार बैठक बसेर थप चुनावी रणनीति बनाउने पनि बताए ।
एनआरएनए यूके आइसीसी सदस्यका उम्मेदवार देवराज आचार्य (चिरन) ले एनआरएनए यूके निर्वाचनमा मिडल्याण्डका नेपालीले हलचल ल्याइदिएको र उनीहरुमा नेतृत्व हांक्न सक्ने क्षमता भएको बताए ।
शुभकामना मन्तव्यका क्रममा साझा नेपाली समाजका अध्यक्ष रणबहादुर केसीले नेपाल सरकारले विदेशमा राजदूतावासपछि मान्यता दिएको संस्था एनआरएन भएपनि उक्त संस्था आकाशतिर फर्केको र जमिनतिर फर्काउन नयां कार्यसमितिले काम गरोस् भन्ने शुभकामना दिए ।
एनआरएनमा राजनीतिक प्रभाव नपार्न उनले मतदाताहरुसंग आग्रह गरे । केसीले एनआरएनए यूकेमा उठेका सबै उम्मेदवार क्षमतावान भएको बताउंदै सक्षम व्यक्तिलाई जिताउन अपिल समेत गरे ।
कार्यक्रममा साझा नेपाली समाजका पूर्व अध्यक्ष राजु ढकालले संघ विगतको तुलनामा सुधारोन्मुख भएको बताए भने नटिङहम नेपाली समाजका अध्यक्ष प्रविण पाण्डे, मनकामना महिला समूहकी अध्यक्ष सिता खरेल लगायतले विभिन्न सुझाव र जिज्ञासा राखेका थिए ।
कार्यक्रमका लागि हल व्यवस्थापन भूपेन्द्र पाठकले गरेका हुन् ।
तस्विरहरुः दिनेश परियार/एक्सप्रेस स्टुडियो
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो