लन्डन । पासा पुच गुठी यूकेले आगामी सेप्टेम्बर ३ मा पांचौं वृहत भेला गर्ने भएको छ । बेलायतभर छरिएर रहेका नेवारहरु आवद्ध पासा पुच गुठी समन्वय समितिले अल्डरसटमा भेला गर्न लागेको हो ।
बेलायतका नेवारहरु चार वटा शाखा अन्तर्गत संगठित भएका छन् जसमा प्लमस्टिड, लन्डन, रिडिङ र अल्डरसट शाखा छन् । विदेशमा पनि नेवारी संस्कृति, रितिरिवाजको संरक्षरण गरि नयां पुस्तालाई जानकारी गराउन हरेक २ वर्षमा भेला गरिंदै आएको छ ।
सन् २००९ सालमा अल्पर्टनबाट सुरु भएको भेला सन् २०११ मा अल्डरसट, सन् २०१३ मा प्लमस्टिड र सन् २०१५ मा रिडिङमा भइसकेका छन् ।
यसपटक लन्डनमा भेला हुने पालो भएपनि स्थान अभावका कारण अल्डरसटमा गर्नु परेको समन्वय समितिका अध्यक्ष कुमार श्रेष्ठले वीनेपालीलाई बताए । उनका अनुसार भेला अल्डरसटमा भएपनि सम्पूर्ण जिम्मा लण्डन शाखाका अध्यक्ष कपिल श्रेष्ठले लिएका छन् ।
चार वटा शाखामा बांधिएका बेलायतवासी नेवारहरुले दुई वर्ष कार्यकालभर गर्ने काम समेत बांडफांड गरेका छन् । अल्डरसट शाखाले बेलपूजा र ब्रतवन्ध जस्ता काम गर्छ । त्यस्तै, लण्डन शाखाले सेमिनार, रिडिङ शाखाले गुठी पूजा तथा प्लमस्टिड शाखाले म्हः पूजा र सांस्कृतिक सम्बन्धि काम गर्दै आएको छ ।
नेवारहरु आ आफ्नै काम, जागिर र व्यवसायमा व्यस्त रहेपनि वृहत भेलालाई पर्वका रुपमा लिंदै उत्साहजक रुपमा उपस्थित हुंदै आएका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता