लन्डन । पासा पुच गुठी यूकेले आगामी सेप्टेम्बर ३ मा पांचौं वृहत भेला गर्ने भएको छ । बेलायतभर छरिएर रहेका नेवारहरु आवद्ध पासा पुच गुठी समन्वय समितिले अल्डरसटमा भेला गर्न लागेको हो ।
बेलायतका नेवारहरु चार वटा शाखा अन्तर्गत संगठित भएका छन् जसमा प्लमस्टिड, लन्डन, रिडिङ र अल्डरसट शाखा छन् । विदेशमा पनि नेवारी संस्कृति, रितिरिवाजको संरक्षरण गरि नयां पुस्तालाई जानकारी गराउन हरेक २ वर्षमा भेला गरिंदै आएको छ ।
सन् २००९ सालमा अल्पर्टनबाट सुरु भएको भेला सन् २०११ मा अल्डरसट, सन् २०१३ मा प्लमस्टिड र सन् २०१५ मा रिडिङमा भइसकेका छन् ।
यसपटक लन्डनमा भेला हुने पालो भएपनि स्थान अभावका कारण अल्डरसटमा गर्नु परेको समन्वय समितिका अध्यक्ष कुमार श्रेष्ठले वीनेपालीलाई बताए । उनका अनुसार भेला अल्डरसटमा भएपनि सम्पूर्ण जिम्मा लण्डन शाखाका अध्यक्ष कपिल श्रेष्ठले लिएका छन् ।
चार वटा शाखामा बांधिएका बेलायतवासी नेवारहरुले दुई वर्ष कार्यकालभर गर्ने काम समेत बांडफांड गरेका छन् । अल्डरसट शाखाले बेलपूजा र ब्रतवन्ध जस्ता काम गर्छ । त्यस्तै, लण्डन शाखाले सेमिनार, रिडिङ शाखाले गुठी पूजा तथा प्लमस्टिड शाखाले म्हः पूजा र सांस्कृतिक सम्बन्धि काम गर्दै आएको छ ।
नेवारहरु आ आफ्नै काम, जागिर र व्यवसायमा व्यस्त रहेपनि वृहत भेलालाई पर्वका रुपमा लिंदै उत्साहजक रुपमा उपस्थित हुंदै आएका छन् ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन