मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: ०४:११ | UK Time: 23:26

स्वामी अरुण ध्यान शिविर सन्चालन गर्न लण्डनमा

वीनेपाली
२०७४ भदौ १३ गते १०:५१

लन्डन । ओशो तपोवन युकेका संस्थापक स्वामी आनन्द अरुण सोमबार बेलुका युके आइपुग्नुभयो। उहाँलाई हिथ्रो विमानस्थलमा बेलायतस्थित ओशो सन्यासी तथा तिनका परिवारले हार्दिक स्वागत गरेका थिए।

आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ स्वामी अरुणले यही शुक्रबार, सेप्टेम्बर १ देखि सोमबार सेप्टेम्बर ४ तारिखसम्म बेजिङस्टोकस्थित बेजिङस्टोक कन्ट्री होटल एण्ड स्पामा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ।

शिविरमा सहभागी हुन इच्छुक मित्रहरुलाई [email protected]  मा वा 07886018119/07771687332/07428190745 मा सम्पर्क गर्न आयोजक ओशो क्याम्प युकेले जनाएको छ।

संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।

“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। त्यसैले श्रद्धेय स्वामी अरुणसंग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं,” ओशो क्याम्प युकेका स्वामी ध्यान शंकरले भन्नुभयो।

स्वामी अरुणले गत एघार वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएको छ।

‘राजनीति होस् वा सार्वजनिक जीवनमा, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु’, स्वामी अरुणले भन्नुभयो।

www.facebook.com/osho.campuk  मा गएर थप जानकारी प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक