
लन्डन । एनआरएनए यूकेको आसन्न निर्वाचनका लागि उम्मेदवारहरुको संख्या ५३ नै कायम भएको छ । विभिन्न पदका ८ जना उम्मेदवारविरुद्ध दावी विरोध परेपनि निर्वाचन समितिले छानवीन गरि सबै उम्मेदवारहरुको आवेदन सदर गरेको निर्वाचन समितिका संयोजक डा. चन्द्र लक्सम्बाले जानकारी दिए । निर्वाचन समितिका अनुसार, उम्मेदवारको नामावली उपर दावी विरोध २८ अगष्ट बिहान ११ बजेसम्म तोकिएको थियो भने उम्मेदवारी मनोनयन फिर्ता २८ अगष्ट दिउसो २ बजेसम्म थियो ।
संयोजक लक्सम्बाले महिला संयोजकबाहेक अरु सबै पदमा निर्वाचन हुने बताए । उनले साउथ इष्टको प्लमस्डिट, अल्डरसट, हयारो वेम्ली र मिडल्याण्डको लेस्टरमा मतदान बुथ राखिने जानकारी दिए । वेल्स, नर्दन आयरल्याण्ड र स्कटल्याण्डमा ‘पोस्टल भोट’ लाई समेत मान्यता दिइनेछ । एनआरएनए यूकेको निर्वाचन आगामी ९ सेप्टेबरका दिन हुंदैछ ।
अध्यक्षका लागि कृष्ण तिमिल्सिना, योगकुमार फगामी र हिराधन राई, उपाध्यक्षमा दीपक श्रेष्ठ, ललितकुमार न्यौपाने, राष्ट्रकुमार राई, दयानिधि सापकोटा, शेरबहादुर सुनार, सुशिला राई, पुनम गुरुङ, डा. दिलिप कुमार यादव, प्रेम गाहामगर, डा. प्रेमबहादुर आले र भोलानाथ खनालको उम्मेदवारी छ ।
महासचिवमा फडिन्द्र भट्टराई, खुशीतावा लिम्बु र राजकुमार त्रिपाठीले उम्मेदवारी दिएका छन् भने उपमहासचिवमा कृष्ण तिवारी र विनय अधिकारीको उम्मेदवारी परेको छ । युवा संयोजकमा बीरेन्द्र श्रेष्ठ, राजन खकुरेल, कुमार थापा र लालबहादुर गुरुङ छन् । त्यसैगरि कोषाध्यक्षमा शालिकराम सापकोटा, सचिन श्रेष्ठ र महेश गिरीको उम्मेदवारी छ ।
सह-कोषाध्यक्षमा सुरज पौडेल र गजेन्द्र गुरुङले उम्मेदवारी दिएका छन् । ३ वटा सचिव पदका लागि चार जनाको उम्मेदवारी परेको छ जसमा नारायण गाउंले, सुरज मास्के, सुनिल बाबु खड्का र तारानाथ भण्डारी छन् ।
तीन जना आइसीसी सदस्यका लागि चिरन शर्मा, शान्ति थापा कुंवर, कुमारी गुरुङ, जयप्रकाश गुरुङ र अर्जुन कटुवालले उम्मेदवारी दर्ता गरेका छन् ।
९ जना आवश्यक सदस्यमा १५ जना कोलेश्वर ढकाल, तिलक भट्टराई, गंगाबहादुर राना, अर्कराज तिमिल्सिना, जितबहादुर रानाभाट, पवन शर्मा, कमल कंडेल, विमला लिम्बु, मनिष खड्का, विष्णु प्रसाद खरेल, परशुराम पाण्डे, होमनाथ पौडेल, डेबिद्र थापा, मुकेश राना र पवन राईको उम्मेदवारी छ ।
(भिडियो)
https://www.youtube.com/watch?v=9B_ru7ht8x8&feature=youtu.be
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन