लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले जुम्लाको अति विकट पत्थरखोलामा बर्थिङ सेन्टर (मातृशिशु केन्द्र) निर्माणमा आर्थिक सहयोग जुटाउन शनिबार एक च्यारिटी डिनर कार्यक्रम गरेको छ । लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा च्यारिटी डिनर भएको हो ।
कार्यक्रममा ६ हजार २८७ पाउण्ड संकलन भएको र २८४६ पाउण्ड रकमको प्रतिवद्धता आएको जनाइयो । मातृशिशु केन्द्र निर्माणका लागि करिब ४० हजार पाउण्ड लाग्ने अनुमान छ ।
एसोसिएसन अध्यक्ष प्रसुना कंडेलको सभापतित्वमा भएको उक्त च्यारिटी डिनरमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले एसोसिएसनको मानवीय कार्यको प्रशंसा गरे । उनले अहिले नेपालले प्राकृतिक प्रकोपको पीडा झेलिरहेको स्मरण गर्दै बेलायतका नर्सहरुले भूकम्पका बेला गरेको उद्दार तथा राहत कार्यको पनि सरहाना गरेका थिए ।
महासचिव रस्मिता दर्लामीले सञ्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा रोयल कलेज अफ नर्सिङ, फोरम कमिटी मेम्बर एवं अल पाकिस्तान नर्सेस एसोसिएसनकी अध्यक्ष जेबा आरिफ, एनआरएनए युरोप संयोजक कुल आचार्य र नेपलिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. सविन जोशीले पनि शुभकामना दिए ।
एसोसिएसनकी अध्यक्ष कंडेलले सबै दाताहरुप्रति आभार व्यक्त गर्दै आफूहरुको प्रोजेक्टमा साथ दिन अपिल गरिन् ।
कार्यक्रममा उपाध्यक्ष विनोदविकास सिम्खडाले मातृशिशु केन्द्र निर्माण प्रोजेक्ट र संस्थाका हालसम्मका क्रियाकलापबारे प्रिजेन्टेसन दिए भने कोषाध्यक्ष गंगा साम्पांग र सहकोषाध्यक्ष यमुना घलले उक्त प्रोजेक्टका लागि हालसम्म संकलित रकम र सहयोग गर्ने माध्यमबारे प्रकाश पारेका थिए । कार्यक्रममा ब्रेन्ट काउन्सिल मेयर भगवानजी चौहान उपस्थित भएपनि व्यस्तताले छिट्टै बाहिरिए ।
बेलायत र नेपालको राष्ट्रिय गीतपछि पारिका आलेले शास्त्रीय नाच प्रस्तुत गरेर स्वागत गरेकी थिइन् । सुनिता गौतमले सञ्चालन गरेको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा विभिया श्रेष्ठले नेवारी नाच प्रस्तुत गरिन् । उक्त अवसरमा एसोसिएसनले नाटक समेत प्रस्तुत गरेको थियो । दीपक थापा र प्रतिभा शाहीले गायन प्रस्तुत गरे भने बिनु लामिछाने, प्रिमा भट्टराई, प्रतिष्ठा त्रिपाठी, श्रेया-सुस्मिताले नृत्य देखाए । रफी श्रेष्ठले बांसुरीको धुन प्रस्तुत गरिन् । लक्ष्मी राई (लारा) ले लिलाम बढाबढ गराएकी थिइन् ।
एसोसिएसनले आजीवन सदस्यहरु र प्रायोजकलाई सम्मान एवं स्वयंसेवकहरुलाई प्रशंसापत्र प्रदान गरेको थियो ।
महाभूकम्पका बेला नेपाल गएर राहत तथा उद्दारमा खटिएको एसोसिएसनले त्यस लगत्तै सिन्धुपाल्चोक र गोरखामा एक एकवटा विद्यालय पुनर्निर्माण गरिसकेको छ । एसोसिएसनले बेलायत र नेपालमा निरन्तर निशुल्क हेल्थ क्याम्प सञ्चालन पनि गर्दै आएको छ ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित