
लण्डन, १० भदौ । ब्रिटेनको लण्डनस्थित बकिङघम राजदरबार नजिकै एकजनाले चक्कु प्रहार गर्दा दुईजना प्रहरी जवान घाइते भएका प्रहरीले शनिबार जनाएको छ ।
आक्रमणकारी उक्त व्यक्तिले चार फिट लामो एउटा धारिलो हतियार कारमा राखेको र प्रहरीका सवारीसाधन नजिकै कार रोकेपछि प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा दुईजना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले बताएका छन् ।
चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको र उपचारका लागि उनलाई अस्पताल पुरयाइएको छ । अधिकारीहरुका अनुसार अन्दाजी २६ वर्षको व्यक्तिले आक्रमण गर्न खोजेको आशंकामा उनलाई पक्राउ गरिएको र थप सोधपुछ भइरहेको छ ।
यसैबीच घटना भएका बेला राजदरबारभित्र शाही परिवारका कोही पनि नभएको बताइएको छ ।
घटना आतंकवादसँग सम्बन्धित रहे वा नरहेकोबारे अनुसन्धान भइरको जनाउँदै प्रहरीले केही बताउन अस्वीकार गरेको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक