लन्डन । ‘कस्तुरी’ फिल्मसंग नायिका करिष्मा केसी (मानन्धर) को विशेष सम्वन्ध छ । सन् १९९१ तिर लन्डनमा बनाइएको उक्त फिल्मले करिष्माको लोकप्रियतामात्र बढाएन, छायांकनका क्रममा लन्डन आउंदा विनोद मानन्धरसंग लगनगांठो नै कसियो । सामान्य परिवारकी करिष्मा एकाएक सम्पन्न परिवारमा भित्रिइन् । त्यही फिल्म ‘कस्तुरी’ का मेन हिरो अजय शेखर प्रधान गायकका रुपमा उदाएका छन् । उनको आफ्नै शब्द, संगीत र स्वर रहेको ‘लज्जालु आंखाले नहेर…’ गीतको म्यूजिक भिडियो तीन दिन अघि बाबुको मुख हेर्ने दिन रिलिज गरिएको छ ।
प्रेमसंग सम्वन्धित उक्त आधुनिक गीतबाट राम्रो प्रतिक्रिया आएको प्रधानले बताए ।
लन्डनमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोका एरेन्जर हुन् बाबुल गिरी । म्यूजिक भिडियोमा सुरेश श्रेष्ठ र रश्मी गौतमले अभिनय गरेका छन् भने निर्देशन प्रधान र सुरेश श्रेष्ठको छ ।
विगत २९ वर्षदेखि बेलायत बस्दै आएका प्रधानले दश वर्षअघिसम्म स्टेज कार्यक्रमहरुमा खुबै गाउंथे । एक दशकको ‘ग्याप’ पछि प्रधानले पहिलो गीत रेकर्ड तथा भिडियो सार्वजनिक गरेका हुन् । समय मिलेसम्म गायनलाई निरन्तरता दिने उनको सोच छ ।
प्रधानको नाता अभिनयसंग बढि गांसिएको छ । नेपालको पहिलो भिडियो फिल्म ‘प्रयास’ सहित, विभिन्न नाटक, टिभी सिरियल ‘घर संसार’ र चलचित्र ‘आदर्श नारी’ मा समेत अभिनय गरेका उनी अभिनित ‘समुद्रपारीको देश’ फिल्म भने सार्वजनिक हुन सकेन । उक्त फिल्म किरण प्रधानले निर्देशन गरेका थिए भने राजेश हमाल, सविता लामा आदिको अभिनय थियो ।
हेर्नुहोस् उनको भिडियोः
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन