लन्डन । ‘कस्तुरी’ फिल्मसंग नायिका करिष्मा केसी (मानन्धर) को विशेष सम्वन्ध छ । सन् १९९१ तिर लन्डनमा बनाइएको उक्त फिल्मले करिष्माको लोकप्रियतामात्र बढाएन, छायांकनका क्रममा लन्डन आउंदा विनोद मानन्धरसंग लगनगांठो नै कसियो । सामान्य परिवारकी करिष्मा एकाएक सम्पन्न परिवारमा भित्रिइन् । त्यही फिल्म ‘कस्तुरी’ का मेन हिरो अजय शेखर प्रधान गायकका रुपमा उदाएका छन् । उनको आफ्नै शब्द, संगीत र स्वर रहेको ‘लज्जालु आंखाले नहेर…’ गीतको म्यूजिक भिडियो तीन दिन अघि बाबुको मुख हेर्ने दिन रिलिज गरिएको छ ।
प्रेमसंग सम्वन्धित उक्त आधुनिक गीतबाट राम्रो प्रतिक्रिया आएको प्रधानले बताए ।
लन्डनमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोका एरेन्जर हुन् बाबुल गिरी । म्यूजिक भिडियोमा सुरेश श्रेष्ठ र रश्मी गौतमले अभिनय गरेका छन् भने निर्देशन प्रधान र सुरेश श्रेष्ठको छ ।
विगत २९ वर्षदेखि बेलायत बस्दै आएका प्रधानले दश वर्षअघिसम्म स्टेज कार्यक्रमहरुमा खुबै गाउंथे । एक दशकको ‘ग्याप’ पछि प्रधानले पहिलो गीत रेकर्ड तथा भिडियो सार्वजनिक गरेका हुन् । समय मिलेसम्म गायनलाई निरन्तरता दिने उनको सोच छ ।
प्रधानको नाता अभिनयसंग बढि गांसिएको छ । नेपालको पहिलो भिडियो फिल्म ‘प्रयास’ सहित, विभिन्न नाटक, टिभी सिरियल ‘घर संसार’ र चलचित्र ‘आदर्श नारी’ मा समेत अभिनय गरेका उनी अभिनित ‘समुद्रपारीको देश’ फिल्म भने सार्वजनिक हुन सकेन । उक्त फिल्म किरण प्रधानले निर्देशन गरेका थिए भने राजेश हमाल, सविता लामा आदिको अभिनय थियो ।
हेर्नुहोस् उनको भिडियोः
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक