लन्डन । नेपाली चलचित्र ‘धनपति’ को अल्डरसटस्थित एम्पायर हलमा रेड कार्पेट प्रिमियर शो गरिएको छ ।
गत अगष्ट १८ सांझ नेपालबाट आएका उक्त फिल्मका निर्देशक दीपेन्द्र के खनाल, कलाकार/लेखक खगेन्द्र लामिछाने र निर्मात्री रोजिना सिटौलाको सहभागितामा प्रिमियर शो भएको हो ।
बेलायत प्रिमियरमा सहभागी हुने अवसर पाएकामा नेपालबाट आएका कलाकार निर्देशक प्रसन्न देखिन्थे ।
नेपालमा रिलिज भइसकेको धनपतिले नेपाली समाजको वास्तविकता उजागर गर्ने निर्देशक खनालले जनाए । यही समूहको अघिल्लो प्रोजेक्ट ‘पशुपतिप्रसाद’ नेपालमा सफल मानिएको थियो ।
३२ बक्स र जि ९ इन्टरटेन्मेन्टसले फिल्म बेलायतमा ल्याएका हुन् । उक्त फिल्म आसफोर्ड, क्याट्रिक, न्यू क्यासल, रेडिङ, हयारो, एडिनबरा, एबरडिन, ब्लान्डफोर्ड, योर्क, ननिटन आदि शहरमा प्रदर्शन गरिने जि ९ इन्टरटेन्मेन्टसका प्रशान्त राईले जनाए ।
२० अगष्ट आइतबार लन्डनस्थित सफारी सिनेमा हलमा गर्ने भनिएको प्रिमियर शो भने स्थगित भएको छ । प्राविधिक कारणले उक्त शो १० सेप्टेम्बरका लागि सारिएको आयोजकले बताएका छन् ।
३२ बक्स र जि ९ इन्टरटेन्मेन्टसले नेपालका सफल चलचित्र नियमित रुपमा बेलायतमा प्रदर्शन गर्ने लक्ष्य लिएका छन् ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त