लन्डन । एसियन महिला एसोसिएसन यूके (आमा) ले आइतबार भव्य समारोहबीच तीज कार्यक्रम गरेको छ । फार्नबोरोस्थित सामुयल कोडी स्पोर्टस कलेज हलमा करिब ६०० जना महिलाको सहभागितामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी थिइन् रसमोर मेयर सोफिया चौधरी र विशेष अतिथी ब्लाइन्ड रक्सकी सृष्टि केसी । एसियन महिला एसोसिएसनकी अध्यक्ष अमिता बेल्वासेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मेयर चौधरी, सृष्टि केसी, अमिता बेल्वासे लगायतले तीजको शुभकामना व्यक्त गरेका थिए ।
एसोसिएसनकी प्रवक्ता रोजिना प्रधान राईका अनुसार, कार्यक्रममा उत्कृष्ट नाच गर्ने महिलालाई पुरस्कृत गरियो । सो अवसरमा वेष्ट डान्सर हजुरआमा रुपमणी आले, वेष्ट डान्सर आमा तारा गुरुङ र वेष्ट डान्सर छोरी सूर्य थापा भए । कार्यक्रममा श्रृष्टि केसी र दुर्गा पुनले नृत्य र गायिका ममता गुरुङ र रमा बानियाले गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अतिथी सत्कार पूर्व अध्यक्ष अम्बिका खड्का र शान्ति थापा कुंवरले गरेका थिए । कार्यक्रमको थप आकर्षण थियो राफल ड्र जसमा हेमा राईले प्रथम पुरस्कार एक तोला सुनको तिलहरी र चन्द्रमा जितिन् । उक्त पुरस्कार युरोपा फुड्सले प्रायोजन गरेको हो । दोश्रो पुरस्कार लक्ष्मी रानाले आधा तोला सुन जितिन् जसलाई कोषाध्यक्ष कल्पना चेम्जोङले प्रायोजन गरेकी थिइन् । तेश्रो पुरस्कार रमा राईले एकसय ५० पाउण्ड प्राप्त गरिन् । चौंथो पुरस्कार बिनिता श्रेष्ठले पाएकी थिइन् जसलाई गोर्खा बुलियनले प्रायोजन गरेको थियो । दश जनालाई राफल ड्र पुरस्कार प्रदान गरिएको थियो । राफल ड्र टिकटबाट संकलित रकममा थपेर एसोसिएसनले नेपालका बाढी पीडितलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
श्रद्धा गुरुङ र जिना गुरुङ (कल्पना) ले सञ्चालन गरेको उक्त कार्यक्रममा हेम विष्टले साउण्ड सिस्टम र गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रमलाई विभिन्न व्यवसायी तथा व्यक्तिले प्रायोजन गरेका थिए । एनआरएनए यूके उपाध्यक्ष हिराधन राई, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, दिलरास गुरुङ (गोर्खा ट्राभल), भीम बानिया (फोर हवीलर लिमिटेड), भण्डारी ब्रदर्श र मार्सेल वार्डले एक सय पाउण्ड दिएका थिए भने नमस्कार इभेन्ट्स, लक्ष्मी कुंवर, टेलर फर यू, लुइस हेयर एण्ड ब्युटी, सिटी एण्ड ग्ल्यामर, राजा थापा, मुछेत्र गुरुङ, सुशिला राई, इबी क्लिक, ओमकार गुरुङ, अमर राई, न्यू गोल्डेन राइस, नमस्ते टयाक्सी, एभरेष्ट कार सर्भिस, वाइवीसी क्लिनिङ, एम्यायर हल, गोर्खा प्यालेस रेष्टुरेन्ट, श्री लक्की ज्वेलर्स लगायतले पनि प्रायोजन गरेका थिए ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि