लन्डन । निर जहिले रिसाउने…होस् वा पारी त्यो डांडामा हेर…। अनि लैजाउ घुमाउन मलाई ठमेल बजार… जस्ता गीत नसुन्ने/नहेर्ने दर्शक श्रोता कमै होलान् । यिनै गीतका सर्जक संगीतकार तथा नेपाल आइडलका निर्णायक कालिप्रसाद बास्कोटा, सुन साईंली साईंली परदेशबाट म आउंला…गीत गाउने गायक हेमन्त राना अनि ‘हट एण्ड बोल्ड’ मोडल सुष्मा कार्की बेलायत आउने भएका छन् ।
सेप्टेम्बर दोश्रो साता दशैं धमाका गर्न उनीहरुले बेलायतको भिजा लिइसकेका छन् । श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपको आयोजना र नेपालीपत्रको सहकार्यमा बेलायतका विभिन्न शहरमा हुन लागेको ‘दशैं धमाका’ मा कलाकारले आफ्नो कला प्रस्तुत गर्ने तयारी छ ।
सेप्टेम्बर दोश्रो हप्ता बेलायत टेक्ने कलाकारहरुले अल्डरटस्थित एम्पायर हलमा सेप्टेम्बर १५ सांझ कार्यक्रम गर्नेछन् भने १७ सेप्टेम्बरमा लन्डन हयारो बरो फुटबल क्लव, २३ मा रेडिङस्थित किन्की कोला र २४ सेप्टेम्बरमा प्लमस्टिडमा कार्यक्रम गर्ने तय भइसकेको छ ।
सोही समूहले ति कलाकारका साथ नेपालका बाढीपीडितको सहयोगार्थ ‘माया पव’ मा एक च्यारिटी नाइट गर्ने भएको छ । च्यारिटी र अन्य सबै शोको शुल्क १५ पाउण्ड राखिएको छ । बाढी पीडितका लागि संकलन हुने रकम नेपाली दूतावासमार्फत पठाइने आयोजक सिद्धार्थ विक्रम क्षेत्रीले जनाए ।
तीन जना कलाकार अहिले नेपालमा प्रसिद्धीको शिखरमा छन् । आयोजकले कार्यक्रममा आएर दशैं पर्व रमाइलोसंग मनाउन अपिल गरेका छन् ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त