लन्डन । निर जहिले रिसाउने…होस् वा पारी त्यो डांडामा हेर…। अनि लैजाउ घुमाउन मलाई ठमेल बजार… जस्ता गीत नसुन्ने/नहेर्ने दर्शक श्रोता कमै होलान् । यिनै गीतका सर्जक संगीतकार तथा नेपाल आइडलका निर्णायक कालिप्रसाद बास्कोटा, सुन साईंली साईंली परदेशबाट म आउंला…गीत गाउने गायक हेमन्त राना अनि ‘हट एण्ड बोल्ड’ मोडल सुष्मा कार्की बेलायत आउने भएका छन् ।
सेप्टेम्बर दोश्रो साता दशैं धमाका गर्न उनीहरुले बेलायतको भिजा लिइसकेका छन् । श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपको आयोजना र नेपालीपत्रको सहकार्यमा बेलायतका विभिन्न शहरमा हुन लागेको ‘दशैं धमाका’ मा कलाकारले आफ्नो कला प्रस्तुत गर्ने तयारी छ ।
सेप्टेम्बर दोश्रो हप्ता बेलायत टेक्ने कलाकारहरुले अल्डरटस्थित एम्पायर हलमा सेप्टेम्बर १५ सांझ कार्यक्रम गर्नेछन् भने १७ सेप्टेम्बरमा लन्डन हयारो बरो फुटबल क्लव, २३ मा रेडिङस्थित किन्की कोला र २४ सेप्टेम्बरमा प्लमस्टिडमा कार्यक्रम गर्ने तय भइसकेको छ ।
सोही समूहले ति कलाकारका साथ नेपालका बाढीपीडितको सहयोगार्थ ‘माया पव’ मा एक च्यारिटी नाइट गर्ने भएको छ । च्यारिटी र अन्य सबै शोको शुल्क १५ पाउण्ड राखिएको छ । बाढी पीडितका लागि संकलन हुने रकम नेपाली दूतावासमार्फत पठाइने आयोजक सिद्धार्थ विक्रम क्षेत्रीले जनाए ।
तीन जना कलाकार अहिले नेपालमा प्रसिद्धीको शिखरमा छन् । आयोजकले कार्यक्रममा आएर दशैं पर्व रमाइलोसंग मनाउन अपिल गरेका छन् ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता