
लन्डन । लन्डन फुलहामस्थित चेल्सी फुटबल क्लब स्टेडियमको एउटा प्रेक्षालय सप्ताहन्त अलिक भिन्न माहोलमा डुब्यो । त्यहां फुटबल होइन, एउटा अन्तर्राष्ट्रियको फेसन शोले दर्शक
रोमाञ्चित बने ।
अझ रोचक त उक्त ‘एसएम ग्लोवल क्याटवाक फेसन रिभोलुसन लन्डन’ मा नेपाली पोशाकले स्थान जमायो । न्यूयोर्कबाट आएको समूहले विभिन्न देशका डिजाइनरका पोशाक प्रदर्शन गर्दा नेपाली पुनम क्षेत्री गौतम केन्द्रमा रहिन् । स्टेज उत्रेर उनले नेपालीमै मन्तव्य राख्दै आफ्नो देश र पोशाकको चिनारी दिइन् ।
उक्त शोमा विदेशी मोडलहरुले नेपाली पोशाक लगाएर क्याटवाक गरेका थिए । महिला १२ र पुरुषको १२ वटा डिजाइन सामेल थिए शोमा । पुरुषहरुले ब्राम्हण क्षेत्री, नेवार, गुरुङ, तामाङ, सुनुवार, राउटे, लाखे देखि राष्ट्र निर्माता पृथ्वी नारायण शाह सम्मको ड्रेसमा क्याटवाक गर्दा माहोल पृथक अनि रोमाञ्चक देखिन्थ्यो । महिला मोडलहरुले पनि नेवार, थारु, राउटे आदि जातीको ‘फ्यूजन ड्रेस’ प्रस्तुत गर्दा धेरैको ध्यान आकृष्ट गरेको थियो । अरु डिजाइनरले महिलाको मात्र पाएपनि पुनमले महिला पुरुष दुवै सिक्वेन्स पाएकी थिइन् ।
‘लुगा बेच्ने होइन, विभिन्न देशमा गएर नेपाल र नेपाली राष्ट्रियता झल्काउने मेरो मुख्य उद्देश्य हो’, नेपालबाट आएकी एक्ली डिजाइनर पुनमले भनिन्, ‘नेपालीले नेपाली समुदायभित्र होइन, विदेशीमाझ विदेशी मोडलबाटै देखाउंदा हाम्रो कल्चरल ड्रेसको महत्व अझ बढ्छ भन्ने मान्यता मेरो छ ।’
६ महिनाअघि न्यूयोर्कमा आयोजित वल्ड फेशन परेडमा समेत नेपाली राष्ट्रिय पोशाक प्रस्तुत गरेकी पुनम नेपाली फेशनलाई विश्वभर लैजाने अठोटमा छिन् । ‘अब छिट्टै अमेरिका गएर नेपाल शान्तिको देश भनेर चिनाउने खालका पोशाक प्रदर्शन गर्ने सोच छ’, उनले भनिन्, ‘फेशन अस्तित्व हो, यसले मानिस र देशको चिनारी पनि दिन्छ ।’
पुनम इन्टरटेन्मेन्टकी निर्देशक उनी फेब्रुअरीमा दुबइ जाने योजनामा छिन् । ‘म जहां जान्छु नेपाली पहिचान बोकेर जान्छु’, फिल्म निर्माता समेत रहेकी उनले बडो गर्व गर्दै सुनाइन् ।
नेपालमा करिब चार दर्जन कलाकार उतारेर सेलिब्रेटी रनवे गरिसकेकी पुनम फेशनले नग्नता पस्कन नहुनेमा सजग छिन् ।
फेशन शोमा पुनमसहित समिना मुगल, फुचिया, चार्ली ब्राजियर, केजिजे लन्च, स्टेला मारिस ह्याफेल जस्ता डिजाइनरका डिजाइन प्रस्तुत गरिएको थियो । इकान्तिपुर
तस्विरः शिव भण्डारी
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार