फानबोरो । ग्रेटर रसमोर नेपाली कम्युनिटी पदाधिकारी र स्थानीय रसमोर बरो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर एवं काउन्सिलरहरुको बैठक सम्पन्न भएको छ । नेतृत्व तहमा रहेका २५ नेपाली अगुवाहरुको सहभागिता रहेको उक्त बैठकमा कम्युनिटीका निवर्तमान अध्यक्ष, सल्लाहकारहरु, विभिन्न कम्युनिटीका प्रतिनिधि, प्रहरी, काउन्सिलरहरु र काउन्सिल कर्मचारीहरुको सहभागिता थियो ।
त्रैमासिक उक्त बैठक विशेष गरि सामाजिक विकृति विसंगति अन्त्य, नेपालीले भोग्नुपरेका अप्ठेरा र दैनिक गतिविधिमा वाधक तत्वको रोकथाम, नेपाली र स्थानीय समुदायबीचको दुरी कम गर्ने, अस्पताल तथा हेल्थ सेन्टरमा आउने समस्या समाधान आदि विषयमा केन्द्रित भएको थियो ।
बैठकले प्रमुख समस्याहरुको सम्वोधन गर्न दुवै समुदायको पहल रहने र स्थानीय सरकारको पनि जिम्मेवारी बढि हुने ठहर गरेको छ ।
नेपाली समुदायलाई बेलायती संस्कार, चलन चल्ती, नियम कानुन, रहनसहन लगायत विषयमा सु-सूचित गराउने एवं नेपाली र स्थानीय समुदायबीच पारस्पारिक भावना र सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत बैठकमा छलफल भयो ।
रसमोर बरो काउन्सिल अफिसमा सम्पन्न बैठकले यसपटक आगामी १६ सेप्टेम्बेर २०१७ मा काउन्सिल, ग्रेटर रसमोर नेपाली कम्युनिटी, अन्य संघसंस्था र सेनाको संयुक्त पहलमा अल्डरसटस्थित वेस्ट्रन पार्कमा गरिने फुड फेस्टिबलमा सहभागिताका लागि सबै समुदायमा आग्रहसहित व्यापक प्रचार गर्ने निर्णय गरेको छ । बैठकमा आगामी ०९ अक्टोबर २०१७ मा स्थानीय ‘फायर एण्ड रेस्क्यू सर्भिस’ को भवनमा स्थानीय समुदायलाई नेपाली ‘करी कुकिङ्’ प्रशिक्षण र संयुक्त भोजन प्रवन्ध गर्ने निर्णय समेत भएको छ ।
बैठकमा ग्रेटर रसमोर नेपाली कम्युनिटीका वरिष्ठ उपाध्यक्ष राम धन राईले संस्थाका लागि अफिसको प्रवन्ध गरिदिन प्रस्ताव राखेका थिए । काउन्सिलर लिडर डेभिड क्लीफोर्डले उपयुक्त जमिन खोजी मन्दिर र गुम्वा सहितको नेपाली कम्युनिटी हल बनाउनुपर्ने प्रस्ताव गरेका थिए । त्यस प्रस्ताव उपर छलफल गरि वृद्ध गोर्खाहरुका लागि चौतारीको रुपमा प्रयोग गर्न कुनै हल, जीआरएनसीको अफिस परिपूर्तिका लागि काउन्सिलका जेराडलाई जिम्मा दिइएको छ भने उनीसंग सहकार्य गर्न कम्युनिटीका अध्यक्ष जीव बेल्बासे, वरिष्ठ उपाध्यक्ष रामधन राई र सल्लाहकार बिष्णु श्रेष्ठलाई तोकिएको छ ।
बैठकमा बाटो तथा पार्क हिंडडुल गर्दा नेपाली वृद्धवृद्धालाई टिनएजर केटाकेटीबाट हुने अभद्र व्यवहार, चोरी तथा लुटका घट्ना सम्वन्धमा प्रहरीलाई सजग गराइएको थियो भने अशक्त मानिसको घरमा ढोका ढकढकाउने कुरा रोक्न कुनै किसिमको सूचना ढोकामा राख्नेबारे छलफल भएको थियो ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि