
लन्डन । नेपालमा हालै गएको बाढी, पहिरो र डुबान पीडित परिवारजनलाई राहत उपलव्ध गराउने सम्वन्धमा लन्डनस्थित नेपाली दूतावासमा शनिबार दिउसो छलफल भएको छ ।
राजदूत डा. दुर्गाबहादुर सुवेदीले डाकेको उक्त आकष्मिक बैठकमा उल्लेख्य उपस्थिति नभएपनि सहभागी संघसंस्थाका प्रतिनिधिले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उक्त अवसरमा राजदूत सुवेदीले पीडितहरुलाई बेलायतका नेपालीबाट भइरहेको स्वतस्फूर्त र स्वेच्छिक सहयोगप्रति आभार व्यक्त गरेका थिए । बैठकमा राजदूतले प्राकृतिक विपत्तिमा नेपाल सरकारबाट जारी राहत, खोज र उद्दार कार्यबारे प्रकाश समेत पारे ।
बैठकमा सहयोग गर्न इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा संलग्न सूची बमोजिमका बैंकहरुमा सिधै रकम जम्मा गर्न तथा वस्तुगत सहयोग समेत उपलव्ध गराउन सकिनेबारे अवगत गराइएको थियो ।
बैठकपछि बाढी तथा पहिरो पीडित परिवारहरुलाई बेलायतका विभिन्न संघसंस्था र समाजबाट प्राप्त हुने सहायता सम्वन्धमा आवश्यक समन्वय गर्ने कामका लागि दूतावासका उपनियोग प्रमुख शरदराज आरणलाई संयोजक तोकिइएको दूतावासले जनाएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया