लन्डन । ‘सोसियल इकमर्स प्लेटफर्म’ सगुन डट कमले रेगुलेसन ए प्लस (मिनी आइपिओ) अन्तर्गत शुक्रबार १८ अगष्ट देखि सर्वसाधारणबीच शेयर विक्रीको अवसर दोश्रो पटक खुल्ला गरेको छ ।
बेलायतको आसफोर्ड केन्टमा एक समारोहबीच सगुनका सिइओ तथा संस्थापक गोविन्द गिरीले उक्त घोषणा गरेका हुन् ।
गिरीले सगुनजस्ता स्टार्ट अप कम्पनीको लाभांस अत्यधिक पनि हुन सक्ने र जोखिम पनि भएकाले विवेक सम्मत लगानी गर्न सर्वसाधारणलाई आग्रह गरे । न्यूनतम लगानी एकहजार डलर राखिएको छ । पहिलो पटक क्रेडिट वा डेविट कार्डबाट पनि लगानी तिर्न सकिने सगुनले जनाएको छ । https://www.sagoon.com/invest मा क्लिक गरि लगानी गर्न सकिनेछ ।
पहिलो चरणमा विश्वका ६१ देशका ३४ सय भन्दा बढिले लगानी गरेका र तिमध्ये ९० प्रतिशत गैर आवासीय नेपाली भएको सगुनका प्रवर्धकले बताएका छन् ।
‘विश्वभर छरिएका नेपालीको पहिचान र देश समृद्ध बनाउने अभियानमा हामी जुटेका छौं’, गिरीले भने ।
‘कनेक्ट, सेयर, अर्न’ नारा राखेको सगुनले आफ्नो ड्रिम प्रोजेक्ट ‘सोसियल स्मार्ट कार्ड’ पनि सन् २०१८ को पहिलो त्रैमासिक भित्र बजारमा ल्याउने गरि गृहकार्य गरिरहेको जनाएको छ । सेलफोन एप पनि बनिसकेको र यो तिहारपछि बजारमा ल्याउने योजनामा सगुन छ ।
हालसम्म ३३०५ जनाले लगानी गरेको जनाउंदै सगुनले ८ हजार लगानीकर्ता पुरयाएर विश्वकै सबैभन्दा ठूलो ‘कम्युनिटी बेस्ड कम्पनी’ बन्ने लक्ष्य प्रस्तुत गरेको छ । सन् २०२० सम्म आफ्नो भ्यालुएसन ५ बिलियन डलर हुने सगुनको दावी छ ।
कार्यक्रममा सगुन डटकमका सह संस्थापक कविन्द्र सिटौला, ग्लोवल संयोजक परशु तिमल्सिना, सगुनका युरोप संयोजक सन्तोष घिमिरे, बेलायत संयोजक युवराज सेढाईं, क्यानडाबाट आएका सल्लाहकार घनश्याम राजभण्डारी, नेपालबाट आएका पिआर तथा मिडिया संयोजक अजयबाबु शिवाकोटी, श्रीप्रसाद लिम्बु, दृष्टिविहीन श्रृष्टि केसी, युद्दमा दुवै खुट्टा गुमाएपनि सगरमाथा चढ्ने तयारी गरिरहेका हरि बुढामगर लगायतले सगुन लगानीका फाइदाबारे आ आफ्नो धारणा राखेका थिए ।
गिरीसहित अमेरिका र क्यानाडाबाट आएका सगुनका संस्थापक तथा प्रवर्धकहरुले बेलायतका विभिन्न शहरमा सेमिनार समेत राखेका छन् । सेमिनारमा प्रिजेन्टेसनमार्फत सगुन डटकमको उद्देश्य, व्यवसायिक योजना, लगानी गर्दा हुने प्रतिफल आदिबारे अवगत गराउने कार्यक्रम छ ।
सगुन अमेरिका टिमसंग १९ अगष्ट शनिबार लन्डन अल्पर्टन र हयारो, आइतबार भेन्यू फाइभ रेष्टुरेन्ट र उलवीच, सोमबार अल्डरसट र अन्तिम दिन २२ अगष्ट मंगलबार रेडिङ, बर्कसायर र लेस्टरमा बेग्ला बेग्लै सेमिनार गरिने भएको छ ।
तस्विरः शिव भण्डारी
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि