लन्डन । नेपालीहरुको लगानीमा सञ्चालित ग्लोवल सोसल मिडिया कम्पनी ‘सगुन डटकम’ का संस्थापकसहित केही प्रवर्धक अमेरिका र क्यानाडाबाट बेलायत आउने भएका छन् । ग्लोवल लञ्चिङ कार्यक्रमका लागि सगुन डटकमका संस्थापक तथा सिइओ गोविन्द गिरी नेतृत्वको चार सदस्यीय टिम बेलायत आउने भएको हो ।
उनीहरु यूके आएलगत्तै शुक्रबार (अगस्ट १८ तारिख) सांझ बेलायतको आसफोर्डमा एक विशेष समारोहबीच सगुनले दोश्रो चरणमा लगानीको अवसर खुला गर्दैछ ।
विश्वभरका नेपालीलाई लगानी गर्न प्रेरित गरिरहेको सगुनले पहिलो चरणमा झण्डै ३५ सय नेपाली लगानीकर्ताले ३ दशमलव १६ मिलियन डलरको लगानी प्रतिवद्धता जाहेर गरिसकेको जनाएको छ । ८ हजार लगानीकर्ता पुरयाएर विश्वकै सबैभन्दा ठूलो ‘कम्युनिटी बेस्ड कम्पनी’ बन्ने लक्ष्य सगुनको छ ।
यूएसए टिमको सहभागितामा बेलायतका विभिन्न शहरमा सेमिनार समेत तय गरिएको छ । सेमिनारमा सगुनका संस्थापक तथा प्रवर्धकहरुले प्रिजेन्टेसनमार्फत सगुन डटकमको उद्देश्य, व्यवसायिक योजना, लगानी गर्दा हुने प्रतिफल आदिबारे अवगत गराउने सगुन डटकमका युरोप कोअर्डिनेटर सन्तोष घिमिरे र यूके कोअर्डिनेटर युवराज सेढाईंले जानकारी दिए ।
सगुन टिमसंग १९ अगष्ट शनिबार लन्डन अल्पर्टन र भेन्यू फाइभ रेष्टुरेन्ट, आइतबार २० अगस्टमा उलवीच, सोमबार २१ अगष्टमा अल्डरसट र अन्तिम दिन मंगलबार २२ अगष्टका दिन रेडिङ, बर्कसायर र लेस्टरमा बेग्ला बेग्लै सेमिनार गरिने छ ।
सगुन डटकमले बेलायतवासी इच्छुक लगानीकर्ता, व्यवसायी तथा नेपालीलाई ति सेमिनारमा सहभागिताका लागि आव्हान गरेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया