एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१७ का निम्ति दर्खास्त आह्वान
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय तथा गैरआवासीय नेपाली संघको सहकार्यमा स्थापित गरिएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१७ का लागि दरखास्त आह्वान गरिएको छ।
नेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय नेपाली संघ युकेको विशेष सक्रियतामा स्थापना गरिएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिन्छ। विश्वको कुनै पनि कुनामा रहेका नेपाली र मातृभमि नेपालका लागि पत्रकारितामार्फत योगदान दिइरहेका पत्रकारहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको संस्थापकहरुले जनाएका छन् ।
पुरस्कारका लागि निम्नलिखित आधारहरु तोकिएका छन्–
विश्वको कुनै पनि भागमा रहेर सञ्चालित प्रकाशन गृहमार्फत पत्रकारिता गरिरहेका कुनै पनि भाषामा पत्रकारिता गर्ने, पत्रकारितामा कम्तीमा पाँच वर्ष लगातार काम गरेका पत्रकारहरु पुरस्कारका लागि योग्य हुनेछन् ।
विभिन्न सञ्चार माध्यममा प्रकाशित लेख, रचना, समाचार आदि लगायत श्रव्य,दृश्य सामग्रीहरुको मूल्यांकन गरी सो पुरस्कार प्रदान गरिने छ ।
प्रवासी नेपाली जनजीवन लगायत तिनका समस्या तथा हकहितका बारेमा प्रकाशित, प्रसारित खोजमूलक सामाग्री, लेख, रचना तथा समाचारहरुलाई प्राथामिकता दिइने छ ।
पुरस्कारका लागि आह्वान गरेपछि तोकेको अवधिमा परेका आवेदनहरुबाट उत्कृष्ट रचना छानिने छ ।
अनलाइन लगायत छापा, श्रव्यदृश्य आदि माध्यममा प्रकाशित, प्रसारित सामग्री प्रतिस्पर्धामा सहभागी गराउन सकिनेछ ।
मौलिक लेखन, उचित श्रोतको प्रयोग, मल्टिमिडियाको प्रयोग, खोजमूलक, अनुसन्धनात्मक, सन्तुलित, निष्पक्ष समाचार लगायतका आधारमा उत्कृष्ट रचनाहरु छानिनेछन्। उत्कृष्ट रचनाका अतिरिक्त आवेदकको पृष्ठभूमि र अनुभवलाई समेत छनोटको आधार मानिने छ ।
एनआरएनसंग संझौता गरी कुनै परियोजनामा काम गरिसकेका व्यक्ति वा कंपनीले यो पुरस्कारकालागि आवेदन दिन पाउने छैनन्। त्यस्तो आवेदन स्वत: रद्द मानिनेछ।
गैरआवासीय नेपाली संघसंगको सहमति अनुरुप नेपाल पत्रकार महासंघका अध्यक्षको अध्यक्षतामा गठित वरिष्ठ पत्रकारहरु रहेको तीन सदस्यीय छनोट समितिले पुरष्कृत गरिने पत्रकारको चयन गर्नेछ।
पुरस्कृत पत्रकारलाई एक्लै वा संयुक्त रुपमा, १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१७’ प्रदान गरिने छ ।
तोकिएको मिति भित्र आफुले लेखेको श्रव्य-दृश्य, समाचार, लेख रचनाहरुका प्रकाशित, प्रसारित सामाग्रीहरु (बढीमा तीनवटा) व्यक्तिगत विवरणसहित निम्न इमेलमा पठाउनु पर्नेछ ।
Email: : [email protected] वा [email protected]
आइपुग्नु पर्ने मिति— १५ सेप्टेम्बर, २०१७ (राति १२ बजेभित्र)
पुरस्कृत पत्रकारलाई गैरआवासीय नेपाली संघको आउँदो अक्टोबर महिनामा काठमाडौंमा हुनगैरहेको विश्व सम्मेलनका अवसरमा पुरस्कार प्रदान गरिनेछ ।
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]