बेलायत । नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य कवि शशी लुमुम्बू बेलायत भ्रमणमा आउने भएका छन् । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको निमन्त्रणामा सो संस्था स्थापनाको दशौं वार्षिकोत्सवमा हुने विशेष समारोहका लागि लुमुम्बू यूके आउन लागेका हुन् ।
२६ अगष्टमा प्रतिष्ठानले दशौँ वार्षिकोत्सव विशेष समारोहका साथ गर्दैछ । सो समारोहमा संस्थाले प्रत्येक वर्ष गर्दै आइरहेको अभिव्यक्ति सृंखला भाग १० का लागि कवि डा. रूपक श्रेष्ठको प्रस्तुति रहनेछ । त्यसैगरी संस्थाद्वारा प्रकाशित ‘एक दशक’ स्मारिका विमोचन गर्ने कार्यक्रम पनि छ ।
प्रतिष्ठानले स्थापना कालदेखि गरेका गतिविधि स्मारिकामा समेटिएका छन् । साथै, नेपाली साहित्यमा लाहुरेको तस्वीर, युद्व साहित्य सिद्वान्त, पल्टनघरका नारी स्रष्टाहरू र बेलायतमा नेपाली संगीतको विकासको बारेमा विशेष लेखहरु समेटिएका छन् । प्रतिष्ठानका संरक्षक रक्ष राई र महासचिव मिजास तेम्बेद्धारा प्रतिपादित नवचेतनाग्रह र नेपाली डायस्पोरा सिद्धान्तको मूलभुत विशेषताहरू स्मारिकामा रहने छन् । यसबाहेक संस्थाका पदाधिकारी र सम्बन्धित स्रष्टाहरूको लेख रचना पनि स्मारिकामा रहेको सम्पादक गणेश राईले बताए ।
प्रतिष्ठानलाई स्थापना कालदेखि आजसम्म पुरयाएको योगदानको कदर गर्दै गत साल प्राज्ञ शशी लुमुम्बूलाई मानार्थ सदस्यद्वारा सम्मानित गरिएको थियो । यसअघि सन् २०१५ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति बैरागी काईंलालाई प्रतिष्ठानले बेलायत निमन्त्रणा गरेर विशेष सम्मान गरेको थियो ।
भोजपुर जिल्लाको याकु स्थायी घर भएका कवि लुमुम्बू लामो समयदेखि काठमाडौँमा रहेर साहित्यिक क्षेत्रमा सकृय रहँदै आएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञासभा सदस्य लुमुम्बू आफूमात्र लेख्ने नभई अन्य स्रष्टाहरूको सृजना सम्पादन र प्रकाशनका लागि सहयोगी भूमिका निर्वाह गर्ने गरेका छन् । २०६१ सालमा ‘पहाड बूढो’ कविता कृति प्रकाशित गरेका लुमुम्बूको दोश्रो कृति चाँडै आउँदैछ ।
कवि डा रूपक श्रेष्ठ बेलायतका सकृय स्रष्टा हुन् । कविता बाहेक मुक्तक, गीत, गजल, हाइकु र कथा विद्यामा उत्तिकै कलम चलाउने श्रेष्ठको कविता संग्रह ‘बिगबेन र समय’ (सन् २०१०) र ‘पोख्तक’ (सन् २०१४) मुक्तक संग्रह प्रकाशित छन् । यसैगरी कविता, गीत, गजल, मुक्तक, हाइकु र कथा संग्रह प्रकाशोन्मुख रहेको उनले जनाएका छन् । बाल्यकालदेखि साहित्यमा रुची राख्ने डा. श्रेष्ठका फुटकर रचनाहरू गरिमा, शारदा र युवामञ्चजस्ता पत्रिकामा पहिलेदेखि छापिँदै आएका छन् ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि