लन्डन । नेपाली मेलाको तयारीमा जुटिरहेको तमुधिं यूके मेला व्यवस्थापन थाती राखेर बाढी पीडितको सहयोगार्थ जुटेको छ ।
गत साताको अविरल वर्षाले देशका विभिन्न ठाउं र विशेषगरि तराईमा जनधनको व्यापक क्षति भएपछि पीडितको सहयोगार्थ तमुधिं यूकेले अध्यक्ष ज्ञाम गुरुङको संयोजकत्वमा सहयोग समिति गठन गरि चन्दा संकलन अभियान शुरु गरेको हो ।
यसअघि भूकम्प, सेती कोसी बाढी पीडित र इराकमा मारिएका नेपालीको परिवारलाई आर्थिक सहयोग गरेको बेलायतको अग्रणी जातीय संस्थाले यसपटक पनि आर्थिक सहयोगका लागि सबैमा अपिल गरेको छ । संस्थाले तल दिइएको बैंक खातामा रकम पठाउन आग्रह गरेको छ ।
संकलित रकम नेपाली मेलामा अतिथीका रुपमा आउन लागेका तमुधिं यूकेका संरक्षक एवं एनआरएनए आइसिसी अध्यक्ष डा. शेष घलेलाई हस्तान्तरण गरि एनआरएनए राहत कोषमार्फत नेपाल सरकारलाई बुझाउने योजना रहेको तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले जनाए ।
बैंक खाता
Account Name – Tamudhee UK
Ac Number – 58001875
SC – 60-08-13
Natwest Bank
Note: Please put your name or member number for Reference.
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा