
लन्डन । बेक्स्ली नेपाली समाजले अगस्ट १३ तरिखका दिन तीज कार्यक्रम आयोजना गरेको छ । अप्नी हवेली रेस्टुरेन्ट हलमा आयोजना गरिएको कार्यक्रममा बेक्स्ली बरो र वरपर बस्ने नेपाली महिलाको सहभागिता थियो ।
तीन चरणमा सञ्चालन गरिएको सो कार्यक्रम बेलुका ४ देखि ११ बजे सम्म चलेको थियो । पहिलो चरणमा डिजे गोपी गुरुङले प्रस्तुत गरेको सुमधुर तीज गीतमा दिदी बहिनी धित मरुन्जेल नाचे ।
दोस्रो चरणमा संक्षिप्त औपचारिक कार्यक्रम थियो । बेक्स्ली नेपाली समाजका अध्यक्ष केशबहादुर गुरुङ र संस्थाकी महिला संयोजक तथा तीज कार्यक्रम संयोजक श्रीमती उमा गुरुङले पानस बत्ती बालेर संयुक्त रुपमा औपचारिक कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपछि स्वागत भाषण गर्दै संस्थाकी निर्देशक श्रीमती माया गुरुङले कार्यक्रमले नेपाली संस्कृति जगेर्ना र दिदी बहिनीबीच घनिष्ट सम्वन्ध बढेको बताइन् ।
त्यसैगरि अध्यक्ष केश बहादुर गुरुङले कार्यक्रम सफल पार्न सहयोग गर्ने स्पोन्सर, संयोजक उमा गुरुङ, मिडियाकर्मी गुणदेव घिमिरे, सेल रोटी पकाएर ल्याउने श्याम गुरुङ, टिकेट ब्यवस्थापन गर्ने कोषाध्यक्ष चन्द्रबीर गुरुङ र कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद दिए ।महासचिव आनन्द धरेलले हरितालिका तीजको शुभकामना दिंदै औपचारिक कार्यक्रम समापन गरेका थिए । औपचारिक कार्यक्रम सञ्चालन हरिश ज्ञवालीले सञ्चालन गरेका थिए ।
तेश्रो चरणको कार्यक्रममा खाना र नाच प्रस्तुत भएको थियो जसको नेतृत्व समाजका उमा गुरुङ, बिन्दु गुरुङ, सुष्मा ढंगाना, विमला शर्मा, बिजिता गौतम, विजन गुरुङ, आराधना ज्ञवाली, राधा सापकोटा, शान्ति थापा, पार्वती अधिकारी र देवी बास्तोलाले गरेका थिए । महिलाको नाचमा पुरुषको टोलीले पनि साथ दिएको थियो । पुरुष टोलीको नेतृत्व शिव राम गुरुङ, विजय गुरुङ, पञ्च मान गुरुङ, हरिश ज्ञवाली र शरण आचार्य लगायतले गरेका थिए ।
कार्यक्रममा श्रीमती बिजिता गौतम र आनन्द धरेलले राफल ड्र सञ्चालन गरेका थिए भने आठ जना विजेतालाई स्पोन्सरकै हातबाट पुरस्कार प्रदान गरियो । उक्त कार्यक्रममा समाजका सदस्य कमल गुरुङ, गणेश बास्तोला, गोविन्द गुरुङ लगायत नेपालबाट आएका आमाहरुको पनि सक्रिय सहभागिता थियो । अन्तमा आयोजकको तर्फबाट सहभागी सम्पूर्ण दिदीबहिनीलाई उपहार प्रदान गरि कार्यक्रम समापन भएको थियो ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता