लन्डन । प्रवासी नेपाली साहित्य समाज बेलायत (प्रभात) ले क्यान्सर पीडित वरिष्ठ सहित्यकार डा. कविताराम श्रेष्ठलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । श्रेष्ठलाई गत १३ अगष्ट २०१७ का दिन यूकेको वेब्रीजमा सम्मान गरिएको हो ।
राजदूत डा. दुर्गा बहादुर सुवेदीले सम्मान पत्र हस्तान्तरण गर्दै साहित्यकार श्रेष्ठले नेपाली साहित्यको क्षेत्रमा दिएको योगदान नेपाली साहित्य जगतले सधैं स्मरण गरिरहने बताए । सुवेदीले श्रेष्ठको नयां पुस्तक ‘लाइट अफ दि हिमालय’ को विमोचन पनि गरे ।
नयां कृतिबारे राजेन्द्र क्षेत्री, रुपक श्रेष्ठ, एलिजावेथ इभान र मुलिवीर राईले समिक्षा गरे भने साहित्यकार श्रेष्ठबारे मुलीविर राईद्वारा निर्मित ‘डकुमेन्ट्री’ प्रर्दशन गरिएको थियो ।
श्रेष्ठका ३७ वटा पुस्तकसहित दुई डकुमेन्ट्री सार्वजनिक भइसकेका छन् । उनले ‘भिजिटिङ’ प्रध्यापकका रुपमा मात्र नभइ अधिकांश समय साहित्य क्षेत्रमा बिताएका छन् । श्रेष्ठ विगत एकदशक देखि यूकेको वकिङमा छन् ।
श्रेष्ठले सम्मान तथा विमोचन कार्यक्रम गरिदिएकोमा सधैं ऋणी भएको विचार व्यक्त गर्दै विमोचित पुस्तक आफ्नो अन्तिम कृति भएको बताए । चिकित्सकले मिति दिएपनि आफूलाई मृत्युसंग डर नभएको र मृत्युचाहिं आफूसंग हारिरहेको बताए । ७० वर्षीय श्रेष्ठलाई अक्सिजनको सिलिण्डर सहित कार्यक्रममा सहभागी गराइएको थियो । श्रेष्ठलाई साहित्य समाजले सन् २००८ मा पनि पहिलो पटक सम्मान गरेको थियो ।
केही महिना अघि नै मृत्युको मिति पाएका श्रेष्ठको सम्मान तथा विमोचन समारोहमा भगवान चाम्लिङले स्वागत गरेका थिए भने सुश्री केवा राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रमको सभापतित्व साहित्य समाजका पूर्व अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले गरेका थिए । सम्पूर्ण कार्यक्रम अंग्रेजीमा सञ्चालन भएको थियो ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि