लन्डन । प्रवासी नेपाली साहित्य समाज बेलायत (प्रभात) ले क्यान्सर पीडित वरिष्ठ सहित्यकार डा. कविताराम श्रेष्ठलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । श्रेष्ठलाई गत १३ अगष्ट २०१७ का दिन यूकेको वेब्रीजमा सम्मान गरिएको हो ।
राजदूत डा. दुर्गा बहादुर सुवेदीले सम्मान पत्र हस्तान्तरण गर्दै साहित्यकार श्रेष्ठले नेपाली साहित्यको क्षेत्रमा दिएको योगदान नेपाली साहित्य जगतले सधैं स्मरण गरिरहने बताए । सुवेदीले श्रेष्ठको नयां पुस्तक ‘लाइट अफ दि हिमालय’ को विमोचन पनि गरे ।
नयां कृतिबारे राजेन्द्र क्षेत्री, रुपक श्रेष्ठ, एलिजावेथ इभान र मुलिवीर राईले समिक्षा गरे भने साहित्यकार श्रेष्ठबारे मुलीविर राईद्वारा निर्मित ‘डकुमेन्ट्री’ प्रर्दशन गरिएको थियो ।
श्रेष्ठका ३७ वटा पुस्तकसहित दुई डकुमेन्ट्री सार्वजनिक भइसकेका छन् । उनले ‘भिजिटिङ’ प्रध्यापकका रुपमा मात्र नभइ अधिकांश समय साहित्य क्षेत्रमा बिताएका छन् । श्रेष्ठ विगत एकदशक देखि यूकेको वकिङमा छन् ।
श्रेष्ठले सम्मान तथा विमोचन कार्यक्रम गरिदिएकोमा सधैं ऋणी भएको विचार व्यक्त गर्दै विमोचित पुस्तक आफ्नो अन्तिम कृति भएको बताए । चिकित्सकले मिति दिएपनि आफूलाई मृत्युसंग डर नभएको र मृत्युचाहिं आफूसंग हारिरहेको बताए । ७० वर्षीय श्रेष्ठलाई अक्सिजनको सिलिण्डर सहित कार्यक्रममा सहभागी गराइएको थियो । श्रेष्ठलाई साहित्य समाजले सन् २००८ मा पनि पहिलो पटक सम्मान गरेको थियो ।
केही महिना अघि नै मृत्युको मिति पाएका श्रेष्ठको सम्मान तथा विमोचन समारोहमा भगवान चाम्लिङले स्वागत गरेका थिए भने सुश्री केवा राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रमको सभापतित्व साहित्य समाजका पूर्व अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले गरेका थिए । सम्पूर्ण कार्यक्रम अंग्रेजीमा सञ्चालन भएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया