
मुसलधारे बर्षाका कारण जलमग्न सप्तरी सदरमुकाम राजविराजको मुख्य सडक । तस्बिर ः अरुण कुमार यादव, राजविराज, रासस
लन्डन । गत साता भारी वर्षातका कारण नेपालमा आएको बाढीबाट प्रभावित समुदायसम्म सहयोग पुराउने उद्देश्यले हेल्पनेपाल नेटवर्क युकेले सहयोग संकलन शुरु गरेको छ ।
यो लिङ्कमा गएर सक्दो सहयोग प्रदान गर्न हेल्प नेपालले अनुरोध गरेको छ।
https://www.justgiving.com/fundraising/nepal-flood-relief-2017
‘जहाँ बसे वा काम गरिरहेको भएपनि नेपालमा प्राकृतिक विपदले धनजनको ठूलो क्षति गर्दा हामीहरुको मन दुख्छ । बाढी पीडितहरुकालागि तत्काल खानेकुरा, सफा पिउने पानी र औषधिको आवश्यकता छ। त्यसैले विगतमा जस्तै यसपटक पनि हामीले शुरु गरेको राहत अभियानमा मन खोलेर सहयोग गर्न हामी अपील गर्दछौं’, हेल्पनेपाल नेटवर्क युकेका अध्यक्ष डा. प्रणव ज्ञवालीले भने।
काठमाडौंस्थित हेल्पनेपाल नेटवर्कका अध्यक्ष अरुणसिं बस्नेतले विभिन्न ठाउँहरुबाट राहत सहयोगका लागि अनुरोधहरु आइरहेको बताए। ‘हामीले अहिले नवलपरासी, रौतहट, सिराहा, सप्तरी, झापा र सुनसरीमा राहत पुर्याउने निर्णय गरेका छौँ। यो मानवीय अभियानमा सहयोग गर्न हामी नेपाल र संसारभरि रहनुभएका नेपालीहरुलाई आह्वान गर्दछौं’,उनले भने।
हेल्प नेपाल नेटवर्कले विगतमा पनि भूकम्प तथा बाढी, पहिरो एवम् आगलागी पीडितहरुलाई थलोमै गएर राहत वितरण गर्दै आएको छ। गत जुलाईमा पनि नेटवर्कले सप्तरीमा बाढी पीडित दर्जनौं परिवारलाई भाँडाकुँडा, धोती-साडी, त्रिपाल र लुगाहरू वितरण गरेको थियो।
हेल्प नेपाल मार्फत प्रदान गरिएको सबै सहयोग सिधै पीडित परिवार सम्म पुग्ने र एक पैसा पनि प्रशासनिक काममा खर्च नहुने नेटर्कले जनाएको छ। सन् १९९९ मा स्थापना गरिएको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कका १४ मुलुकमा शाखा छन्।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि