लन्डन । नेप्लीज डक्टर्स एसोसियसन यूकेले नेपालमा गत साता आएको भीषण बाढी तथा पहिरोबाट पीडित जनताहरुसम्म राहत पुराउन सहयोगकालागि अपील गरेको छ।
‘नेपालमा भारी वर्षातले गर्दा आएको बाढीले लाखौं मानिसहरु प्रभावित भएका छन्। उनीहरुलाई तत्काल खानेकुरा, सफा पिउने पानी र औषधिको आवश्यकता छ। त्यसैले ब्रिटेनमा रहेका स्वास्थ्यकर्मीहरु तथा सबै नेपाली समुदायमा हामी सहयोगकालागि आहवान गर्दछौं’, एसोसियसनका अध्यक्ष डा. सविन जोशीले भनेका छन् ।
http://mydonate.bt.com/events/nepalfloodrelief2017/446291 मा गएर सहयोग गर्न सकिने पनि एसोसियसनले जनाएको छ।
दुई वर्ष अघि नेपालमा गएको विध्वंशकारी भूकम्पको बेला पनि नेप्लीज डक्टर्स एसोसियसन युकेले भूकम्प प्रभावित इलाकाहरुमा चिकित्सकहरुको टोली पठाउनुकासाथै औषधि तथा अन्य अत्यावश्यक सामग्रीहरु वितरण गरेको थियो ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त