
सदस्य सङ्ख्या गन्दै निर्वाचन समितिका सदस्यसचिव रामशरण सिम्खडा, सदस्य दुत पुन र एनअारएनए युके अध्यक्ष मुच्छेत्र गुरुङ
लण्डन । एनअारएन युकेकाे यही सेप्टेम्बर ९ मा हुने साताैँ अधिवेसनका लागि ३६२५ जनाले सदस्यता आवेदन गरेका छन् ।
एनअारएनए युकेका अध्यक्ष मुच्छेत्र गुरुङले सो जानकारी दिए । अनलाइनमार्फत १७१३ र प्रिन्टेड फर्ममार्फत १८६२ जनाले आवेदन गरेका छन् । ५० सदस्यता आवेदन भेरिफाइ हुन बांकी छ ।
एनअारएनए युकेकाे सदस्यताका लागि आवेदन दिने म्याद साेमबार बेलुका १० बजेसम्म ताेकिएको थियो । एनअारएनए युके सचिवालयले केही दिनभित्रैमा आवेदनमाथि छानबिन गरी वैध सदस्य सङ्ख्या सार्वजनिक गर्ने जनाएकाे छ ।
कुल आवेदनकाे सङ्ख्या जान्न बिहानैदेखि एनअारएनए युकेको अल्डरसटस्थित कार्यालयमा पदाधिकारीहरु, निर्वाचन समितिका सदस्यहरु र अागामी निर्वाचनका अाकाङक्षीहरु उपस्थित छन् ।
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त