लन्डन । नर्दन आयरल्याण्डको गुनासो कायमै रहंदा स्कटल्याण्डका नेपालीले पनि एनआरएनए यूकेले आफूहरुलाई वास्ता नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार भएको भेलामा स्कटल्याण्डका नेपालीले संघ इंग्ल्याण्डमामात्र खुम्चिएकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
स्कटल्याण्डवासी नेपालीका समस्या र त्यहांको अवस्था बुझ्न स्कटल्याण्ड पुगेका एनआरएनए यूके उपाध्यक्ष हिराधन राईले विगतमा संघबाट भएका कमी कमजोरीप्रति क्षमायाचना गर्दै आगामी दिनमा स्कटल्याण्डलाई भूमिका दिइने आश्वासन दिएका थिए ।
भेलाले तीन क्षेत्रीय शाखा संयोजक चयन गरेको छ जसमा ग्लास्गो संयोजक मदन भण्डारी, एबरडिन संयोजक दिपेश रेग्मी र एडिनबरा संयोजक चरण प्रधान छन् ।
आउंदो सेप्टेम्बर ९ मा हुन गइरहेको ७ औं अधिवेशनसम्मका लागि स्कटल्याण्डबाट एनआरएनए यूकेसंग समन्वय गर्न भोला खनाललाई संयोजकको जिम्मेवारी दिइएको छ ।
भेलामा स्टकल्याण्डवासीले १४ अगष्टसम्मको सदस्यता लिने समयसिमा एक साता बढाउन माग गरेका छन् ।
भेलामा उपाध्यक्ष राई, कर्मा पहाडी शेर्पा, भोला खनाल, निशान रिजाल, धन बहादुर केसी, सुजन गौतम, नवीन कंडेल, सरोजराज जोशी, शक्ति पौडेल, गोबिन्द खरेल, सैलेश श्रेष्ठ, सनिल श्रेष्ठ, अशिव पुन, हरि भट्ट, विजय डंगोल, सुरेन्द्र बहादुर बिक, चरण प्रधान, मानिस खाची, टिका लिम्बु, गोबिन्द राज कंडेल, सीता कंडेल लगायतको सहभागिता थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार