लन्डन । नर्दन आयरल्याण्डको गुनासो कायमै रहंदा स्कटल्याण्डका नेपालीले पनि एनआरएनए यूकेले आफूहरुलाई वास्ता नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार भएको भेलामा स्कटल्याण्डका नेपालीले संघ इंग्ल्याण्डमामात्र खुम्चिएकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
स्कटल्याण्डवासी नेपालीका समस्या र त्यहांको अवस्था बुझ्न स्कटल्याण्ड पुगेका एनआरएनए यूके उपाध्यक्ष हिराधन राईले विगतमा संघबाट भएका कमी कमजोरीप्रति क्षमायाचना गर्दै आगामी दिनमा स्कटल्याण्डलाई भूमिका दिइने आश्वासन दिएका थिए ।
भेलाले तीन क्षेत्रीय शाखा संयोजक चयन गरेको छ जसमा ग्लास्गो संयोजक मदन भण्डारी, एबरडिन संयोजक दिपेश रेग्मी र एडिनबरा संयोजक चरण प्रधान छन् ।
आउंदो सेप्टेम्बर ९ मा हुन गइरहेको ७ औं अधिवेशनसम्मका लागि स्कटल्याण्डबाट एनआरएनए यूकेसंग समन्वय गर्न भोला खनाललाई संयोजकको जिम्मेवारी दिइएको छ ।
भेलामा स्टकल्याण्डवासीले १४ अगष्टसम्मको सदस्यता लिने समयसिमा एक साता बढाउन माग गरेका छन् ।
भेलामा उपाध्यक्ष राई, कर्मा पहाडी शेर्पा, भोला खनाल, निशान रिजाल, धन बहादुर केसी, सुजन गौतम, नवीन कंडेल, सरोजराज जोशी, शक्ति पौडेल, गोबिन्द खरेल, सैलेश श्रेष्ठ, सनिल श्रेष्ठ, अशिव पुन, हरि भट्ट, विजय डंगोल, सुरेन्द्र बहादुर बिक, चरण प्रधान, मानिस खाची, टिका लिम्बु, गोबिन्द राज कंडेल, सीता कंडेल लगायतको सहभागिता थियो ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग