लन्डन । सपन इन्टरटेन्मेन्ट लि. ले आइतबार तीज कार्यक्रम गरेको छ । आइतबार अल्डरसटस्थित द प्यालेस हलमा कार्यक्रम भएको हो ।
कार्यक्रममा रातो पहिरन र गरगहनामा सजिएका महिलाहरुले नाचगान र दर खाएर रमाइलो गरे ।
करिब दुई सय महिला सहभागी कार्यक्रममा प्रमुख अतिथी थिइन् राजदूत पत्नी पुनम राज्य लक्ष्मी सुवेदी । उनले शुभकामना मन्तव्य दिंदै प्रवासमा भएपनि नेपालीले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति, चाड पर्व र परम्परालाई नबिर्सिएको र बिर्सन पनि नहुने बताइन् ।
‘नेपाली नारीहरुको महान पर्व तीजमा हामी वर्षभरिका दुःख, पीर, कष्ट, आंसु बेदना बिसेर नाच्छौं’, उनले भनिन्, ‘यो आपसमा मित्रता, सहिष्णुता, सहयोग अभिवृद्धि र एकता बढाउने माध्यम पनि हो ।’
श्रीमति सुवेदीले आगामी २० अगष्ट आइतबार दूतावासमा तीज कार्यक्रम राखिएको जनाउंदै सबै महिलालाई निम्तो समेत दिएकी थिइन् ।
सपन इन्टरटेन्मेन्टले विगत १६ वर्षदेखि हरेक वर्ष तीज कार्यक्रम गर्दै आएको छ । बेलायतमा अत्यधिक कार्यक्रम भएपछि गत वर्ष भने स्थगित गरिएको थियो । तर, दिदीबहिनीले कार्यक्रम गर्न कर गरेपछि यस वर्ष तीज मनाइएको सपन इन्टरटेन्मेन्ट लि. का सपनकुमार राईले बताए ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने