लन्डन । सपन इन्टरटेन्मेन्ट लि. ले आइतबार तीज कार्यक्रम गरेको छ । आइतबार अल्डरसटस्थित द प्यालेस हलमा कार्यक्रम भएको हो ।
कार्यक्रममा रातो पहिरन र गरगहनामा सजिएका महिलाहरुले नाचगान र दर खाएर रमाइलो गरे ।
करिब दुई सय महिला सहभागी कार्यक्रममा प्रमुख अतिथी थिइन् राजदूत पत्नी पुनम राज्य लक्ष्मी सुवेदी । उनले शुभकामना मन्तव्य दिंदै प्रवासमा भएपनि नेपालीले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति, चाड पर्व र परम्परालाई नबिर्सिएको र बिर्सन पनि नहुने बताइन् ।
‘नेपाली नारीहरुको महान पर्व तीजमा हामी वर्षभरिका दुःख, पीर, कष्ट, आंसु बेदना बिसेर नाच्छौं’, उनले भनिन्, ‘यो आपसमा मित्रता, सहिष्णुता, सहयोग अभिवृद्धि र एकता बढाउने माध्यम पनि हो ।’
श्रीमति सुवेदीले आगामी २० अगष्ट आइतबार दूतावासमा तीज कार्यक्रम राखिएको जनाउंदै सबै महिलालाई निम्तो समेत दिएकी थिइन् ।
सपन इन्टरटेन्मेन्टले विगत १६ वर्षदेखि हरेक वर्ष तीज कार्यक्रम गर्दै आएको छ । बेलायतमा अत्यधिक कार्यक्रम भएपछि गत वर्ष भने स्थगित गरिएको थियो । तर, दिदीबहिनीले कार्यक्रम गर्न कर गरेपछि यस वर्ष तीज मनाइएको सपन इन्टरटेन्मेन्ट लि. का सपनकुमार राईले बताए ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा