लण्डन । सङखुवासभा समाज बेलायतकाे दशाैँ वार्षिकोत्सव लण्डनमा शनिबार अन्तर्राष्ट्रिय परिषद्को घोषणा गर्दै सम्पन्न भएको छ ।
समाजका अध्यक्ष गणेश रानाको अध्यक्षतामा भएको सो वार्षिकाेत्सवकाे प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी रहेका थिए । सुवेदीले १० अाैँ वार्षिकोत्सवका अवसरमा बनाइएकाे केक काटी समाजका अध्यक्ष तथा पूर्व अध्यक्षहरुलाई खुवाएका थिए भने अन्य अतिथिले १० वटा द्वीप प्रज्वलन गरेका थिए । ब्याकपाइपरको धुन र अातसबाजीले सो समाराेहलाई राेमान्चक बनाएकाे थियाे ।
कार्यक्रममा बिजीडबल्युएसका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान, नेपाल पत्रकार महासङघ युके शाखाका अध्यक्ष नरेश खपाङगीमगर, अादिवासी जनजाति महिला सङ्घ बेलायतकी अध्यक्ष बिमला राई, ताप्लेजुङ समाज युकेका अध्यक्ष अमृता पालुङवा, धनकुटा समाज युकेका अध्यक्ष अमर रानामगर, पान्थर समाज युकेका महासचिव नगेन्द्र नेम्वाङ, सङखुवासभा समाज बेलायतका सङ्स्थापक अध्यक्ष धर्मराज गुरुङ, प्रमुख सल्लाहकार विजय लिङथेप, काउन्सिलर नविन सिवा लगायतका अतिथि साे कार्यक्रममा थिए ।
सो अवसरमा ग्राजुयसन गर्ने, छोरी ज्वाइँहरु, वयाेवृद्धहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सङखुवासभा समाजकाे अन्तर्राष्ट्रिय समन्वय समितिको घोषणा सङस्थापक अध्यक्ष धर्मराज गुरुङले गरेका थिए । जसमा संखुवासभा समाज बेलायतका अध्यक्ष गणेश राना आयोजक, सह-आयोजक संखुवासभा समाज अमेरिका, सहआयोजक संखुवासभा समाज हङकङ, महासचिव संखुवासभा समाज कतार, सचिव संखुवासभा समाज कोरिया, कोषाध्यक्ष संखुवासभा समाज मकाउ, सहकोषाध्यक्ष संखुवासभा समाज मलेसिया, आयोजक सदस्यहरुमा संखुवासभा समाज साउदी अरेबिया, संखुवासभा समाज ब्रुनाई, संखुवासभा समाज दुबई, संखुवासभा समाज जापान, संखुवासभा समाज अष्ट्रेलिया, संखुवासभा समाज युरोप स्वीडेन, संखुवासभा समाज युरोप बेल्जियम, संखुवासभा समाज युरोप डेनमार्क, संखुवासभा समाज क्यानाडा, संखुवासभा समाज सिंगापुर, संखुवासभा समाज बहराईन, संखुवासभा समाज कुवेत, संखुवासभा समाज ईजरायल, संखुवासभा समाज ईराक र संखुवासभा समाज युरोप पोर्चुगल रहेका छन् ।
कार्यक्रमको सन्चालन महासचिव सेमन्त राईले गरेका थिए भने स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष बसुन्धरा याख्या राईले गरेकी थिइन् । हेल्थ एण्ड सेफ्टी उपाध्यक्ष भरतकुमार राईले गरेका थिए ।
कार्यक्रममा गायिका विष्णु चेम्जोङ, गायक राजमान तामाङ लगायत स्थानीय कलाकारहरुले भरपूर मनाेरन्जन गराएका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित