हिरोसीमा, २२ साउन । जापानको हिरोसीमामा सन् १९४५ को अगष्ट ६ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ ।
हिरोसीमा नगरमा जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सन् १९४५ मा आजकै दिन भएको सो आक्रमणको स्मरणगर्दै त्यस बम आक्रमणमा परी भएको नरसंहारमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट भएको त्यस हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार नागरिकको ज्यान गएको थियो ।
एटम बमको बिकीरणका कारण घटनास्थलमै ती नागरिकको ज्यान गएको थियो भने अरु कैयौँ घाइते भएर रहेका थिए । उनीहरुले निकै पछि सम्म पनि स्वास्थ्य र शारीरिक जटिलताको समस्या झेलेर बसेका थिए ।
आज सो हमलाको ७२ बर्ष पूरा भएको छ । हिरोसीमामा बम खसालिएको स्थानमा प्रत्येक बर्ष आजकै दिन दशौँ हजार नागरिक जम्मा हुन्छन् र शान्तिको कामना गर्ने गर्दछन्– हिरोसीमाबाट प्राप्त समाचारमा जनाइएको छ ।
बम खसालिएको सो स्थानमा शान्ति स्तुपा निर्माण गरिएको छ । उक्त स्तुपामा जम्मा भएका नागरिकले संसारमा फेरि यस्तो कहिल्यै नहोस भनेर कामना गर्ने गर्दछन् ।
त्यस घटनाका जिवीतहरु केही अहिले पनि रहेका छन् । उनीहरु पनि आजको उक्त बार्षिकी कार्यक्रममा उपस्थित भएका थिए । सो बार्षिकीमा आज कम्तीमा पनि ५० हजार जना जम्मा भएका थिए ।
आजका दिन हिरोसीमामा संसारका विभिन्न देशका प्रतिनिधि पनि सहभागी हुने गर्दछन् । आज पनि उनीहरु यहाँ पुगेका बताइएको छ ।
हिरोसीमाबाट प्राप्त समाचारमा जनाइएअनुसार आज यहाँ विश्वका ८० देशका नागरिक आएका थिए । उनीहरुले हिरोसीमामा विश्वयुद्धका समयमा भएको नरसंहारबाट अब संसारमा यस्तो हिंसा कहिल्यै नहोस भन्ने सन्देश आफ्नो देशमा लिएर जाने बताइएको छ ।
दोस्रो विश्वयुद्धका समयमा अमेरिकी सेनाले सन् १९४५ को अगष्ट ६ मा अर्थात् आजको दिनमा हिरोसीमामा र त्यसको तेस्रो दिन अगष्ट ९ मा नागासाकीमा हेलिकोप्टरबाट एटम बम खसालेर हमला गरेका थिए ।
यी दुवै स्थानमा गरी दुई लाखभन्दा बढी मानिसको ज्यान गएको थियो । अमेरिकाले यी दुवै सहरमा एटम बमबाट हमला गरेपछि जापानले अगष्ट १५ मा आत्मसमर्पण गरेको थियो ।
जापानको यो आत्मसमर्पणसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । त्यस यता संयुक्त राष्ट्रसंघ एवम् विश्वका विभिन्न देशमा कार्यरत शान्तिका कार्यकाकर्ताहरुले युद्ध नगर्न र संसारमा शान्ति स्थापना गर्न प्रेरित गर्ने गरेका छन् ।
हिरोसीमामा आयोजित विशेष वार्षिकी कार्यक्रमलाई सम्बोधन गर्दै हिरोसीमा नगरका मेयर काजुमी मात्सुइले हिरोसीमाको नरसंहार हेरेर पनि संसारका देशले युद्धको पक्षमा कुनै काम गर्न नहुने धारणा राख्नुभयो ।
उहाँले बमरहित विश्व निर्माणका लागि जापान सरकारले जे गर्न सक्छ संसारका लागि त्यो गरोस भनी आग्रह पनि गर्नुभयो ।
उहाँले त्यस समयमा जापानको हिरोसीमा शहरमा भएको मानवीय र भौतिक मात्र नभएर सांस्कृतिक र भावनात्मक क्षतिको पनि फेहरिस्त प्रस्तुत गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
उहाँले उक्त बम हमलाबाट बाँचेका नागरिकलाई थप सहयोग गर्न र उनका परिवारहरुको मानसिक घाउ निकोपार्न केही न केही काम गरोस भनी आग्रह पनि गर्नुभयो ।
सो समारोहलाई सम्बोधन गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले आणविक हतियाररहित विश्व निर्माणका लागि जापानले गरिरहेको प्रयत्न संसारमा कुनै न कुनै दिन सार्थक हुने बताउनुभयो ।
उहाँले विश्वमा बढ्दो मात्रामा देखिएका विभिन्न खाले हिंसाको अन्त्य गरी शान्ति स्थापनाका लागि संसारका मानिसलाई हिरोसीमा नरसंहारले सन्देश दिन सकोस भन्नुभयो ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा