
विश्वकप एसिया छनोटमा नेपाल अफगानिस्तानसँग भिड्दै । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा मंगलबार भएको अफगानिस्तान विरुद्वको खेलमा ९६ रनको भारी अन्तरले नेपालले पराजय भोगेपछि न्युजिल्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी उन्नाइस वर्षमुनि (यु–१९ )को विश्वकप खेल्ने सपना चक्नाचुर भएको छ । तस्बिर ःसौजन्य–रमन सिवाकोटी, रासस
काठमाडौँ, १० साउन । न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी उन्नाइस वर्षमुनि (यु–१९ )को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।
सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय भोगेपछि नेपालको विश्वकप खेल्ने सपना असफल भएको हो । यस जीतसँगै अफगानिस्तानले विश्वकपमा एसियाको प्रतिनिधित्व गर्दै विश्वकप खेल्नेछ ।
विश्वकप एसिया छनोटमा नेपाल अफगानिस्तानसँगको दुवै खेलमा पराजित भयो । डबल राउण्ड रोबिन लिगका आधारमा भएको छनोट खेलमा सहभागी अन्य दुई राष्ट्र आयोजक सिंगापुर र मलेसियालाई भने नेपालले दुवै खेलमा पराजित गरेको थियो ।
अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४० दशमलव छ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रनको योगदान दिए । पाँचौँ नम्बरमा आएका ऐरीले ८१ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरे ।
खराब शुरुवात गरेको नेपाल खेलको ५.२ ओभरमा १० रन हुँदा नेपालले पहिलो विकेटको रुपमा सन्दीप सुनारलाई व्यक्तिगत छ रनमा गुमायो । त्यसको अर्को ओभरमा आशिफ शेख पनि दुई रन जोड्दै मैदान बाहिरिए ।
तेस्रो नम्बरमा आएका प्रनित थापामगरले खाता नै खेल्न सकेनन् भने अनिल साह पनि छ रनमै समेटिए । नेपालले १०.४ ओभरमा २३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो ।
सत्रौँँ ओभरमा नेपालले पाँचौँ विकेटका रुपमा रोहितकुमार पौडेललाई गुमाउन पुग्यो । पौडेलले तीन रन मात्र जोडे । पवन सर्राफ १०, प्रकाश केसी १०, कप्तान सन्दीप लामिछाने दुई तथा शाहव आलमले पनि अविजित दुई रन मात्र जोड्न सके ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ को योगफल बनाएको थियो ।
अपगानिस्तानका ओपनर इब्राहिम जद्रानले शतकीय पारी खेल । ११४ बल खेलेका उनले पाँच छक्का र सात चौका प्रहार गर्दै १०१ रनको योगदान दिए । त्यस्तै इक्रम अल खलिलले २४ रन जोडे । जद्रानले खलिलसँग मिलेर ७४ रनको साझेदारी गरेका थिए । अफगानिस्तानका अर्का ओपनर ब्याट्सम्यान नबिद ओबेदले २२ रन जोडे भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि साहब आलमले चार विकेट लिए भने दीपेन्ख्र सिंह ऐरीले तीन तथा कप्तान सन्दीप लामिछाने र पवन शर्राफले समान एक-एक विकेट हात पारे ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा