
लन्डन । सयपत्री नेपाली सांस्कृतिक समूह यूकेले आउंदो साता ‘सयपत्री सांस्कृतिक सांझ’ गर्ने तयारी गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा २९ जुलाई शनिबार सांझ कार्यक्रम तय भएको हो ।
कार्यक्रममा विविध आकर्षण हुने आयोजकले जनाएका छन् ।
‘उही खोलीमा पानी, उही खोलीमा माछा, उर्ली आयो बैंस मेरो का जाम का जाम भाछ…’ दोहोरीका साथ राष्ट्रिय तथा लोक दोहोरी गायक राजन गुरुङ (घान्द्रुके ठिटो) कार्यक्रममा प्रमुख आकर्षण हुनेछन् । गुरुङका साथ सो सांस्कृतिक सांझमा मिसेस यूके नेपाल ०१७ आस्था जोशी, यूके डान्स अफ ०१६ वीनर जेनी सुनुवार, गायकहरु सोनाहाङ राई र गोम्जा लामा समेतको विशेष प्रस्तुति रहने अध्यक्ष एलबी गुरुङले बताएका छन् ।
यसका साथै स्थानीय कलाकार र सयपत्री म्यूजिक ब्याण्ड समेतको प्रस्तुतिले सांझ उल्लासमय हुने अपेक्षा छ । एम्पायर ब्याङकुट हलमा सांझ ६ बजे शुरु हुने सो कार्यक्रम राती १२ समापन हुनेछ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]