
काठमाडौँ, ६ साउन । सिंगापुरमा जारी उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ ।
सिंगापुरको इन्डियन एशोसिएसनको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको सिंगापुर ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो ।
सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्त सिंहले २५, युवराज सिंहले १९ र हन्सुल दीपले ३२ रन बनाए ।
सिंगापुरलाई १४६ रनमा रोक्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । त्यसैगरी किशोर महतो र पवन शर्राफले समान दुई दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे । ८३ बल खेलेका उनले दुई छक्का र दुई चौका प्रहार गर्दै ५४ रन जोडे । प्रारम्भिक ब्याट्सम्यान सन्दिप सुनारले एक छक्का र दुई चौका हान्दै २६ तथा प्रकास केसीले २३ रन बनाए ।
बलिङतर्फ सिंगापुरका लागि वीर विक्रम विश्वासरेले तीन तथा आर्यमान सुनिल र अहान गोपीनाथले समान दुई÷दुई विकेट लिए । विश्वासरेले १० ओभरमा दुई मेडन राखि २९ रन दिए । आर्यमानले पाँच ओभरमा २३ रन तथा गोपीनाथले १० ओभरमा ३१ रन खर्चे । अंश भार्गभ र रोहनले एक-एक विकेट लिए ।
डबल राउण्ड रोविन लिगमा भएको उक्त प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा सिंगापुरलाई चार विकेटले तथा मलेसियालाई पाँच विकेटले हराएको थियो । बिहीबार तेस्रो खेलमा अफगानिस्तानसँग नेपाल १४१ रनले पराजित भएको थियो ।
प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष न्युजिल्याण्डमा हुने उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगितामा खेल्न पाउनेछ । चार खेल खेलिसक्दा नेपाल तीन जित र एक हारसँगै ६ अङ्कका साथ दास्रो स्थानमा छ । अफगानिस्तान अहिलेसम्म खेलेको चारवटैमा विजयी भई ८ अङ्कसहित शिर्ष स्थानमा रहेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा