
सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटको दोस्रो खेलमा मङ्गलबार नेपाल र मलेसिया भिड्दै । विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको छ । तस्बिर ः सौजन्य–रमन सिवाकोटी, रासस
काठमाडौँ, ३ साउन । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा आज नेपालले दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको हो ।
सिङ्गापुर क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सन्दिपको कसिलो बलिङका कारण मलेसियाले २५ दशमलव पाँच ओभरमा मात्र ५८ रन बनाउन सक्यो । सन्दिपले पाँच विकेट लिए । उनले आठ दशमलव पाँच ओभर बलिङ गर्दै एक मेडन राखि १७ रन खर्चे । सन्दीपले सोमबार सिङ्गापुरसँगको खेलमा समेत पाँच विकेट लिएका थिए ।
सन्दिपलाई पवन सरार्फले साथ दिए । उनले तीन ओभर बलिङ गर्दै एक मेडनसहित मात्र नौ रन दिएर तीन विकेट लिए । यस्तै सन्दीप सुनार र किशोर महतोले एक–एक विकेट लिए ।
मलेसियाका लागि कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । नेपालले मलेसियालाई ११ अतिरिक्त रन दिएको थियो ।
नेपालले विजयी लक्ष्य नौ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पुरा गरयो । नेपालका प्रारम्भिक ब्याट्सम्यान सन्दीप सुनार ६ रनमा, आदिल खान पाँच तथा दीपेन्द्रसिंह ऐरी चार रनमा आउट भए । प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक २३ रन बनाए । उनले २० बल खेल्दै पाँच चौका हाने । यस्तै प्रनित थापामगरले अविजित १८ रन बनाए । उनले १२ बलको सामना गर्दै एक छक्का र एक चौका प्रहार गरे ।
बलिङतर्फ मलेसियाका हाफिजुद्धिनले तीन विकेट लिए । उनले तीन ओभर बलिङ गर्दै २१ रन खर्चे । नेपालले अर्को खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने