
सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटको दोस्रो खेलमा मङ्गलबार नेपाल र मलेसिया भिड्दै । विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको छ । तस्बिर ः सौजन्य–रमन सिवाकोटी, रासस
काठमाडौँ, ३ साउन । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा आज नेपालले दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको हो ।
सिङ्गापुर क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सन्दिपको कसिलो बलिङका कारण मलेसियाले २५ दशमलव पाँच ओभरमा मात्र ५८ रन बनाउन सक्यो । सन्दिपले पाँच विकेट लिए । उनले आठ दशमलव पाँच ओभर बलिङ गर्दै एक मेडन राखि १७ रन खर्चे । सन्दीपले सोमबार सिङ्गापुरसँगको खेलमा समेत पाँच विकेट लिएका थिए ।
सन्दिपलाई पवन सरार्फले साथ दिए । उनले तीन ओभर बलिङ गर्दै एक मेडनसहित मात्र नौ रन दिएर तीन विकेट लिए । यस्तै सन्दीप सुनार र किशोर महतोले एक–एक विकेट लिए ।
मलेसियाका लागि कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । नेपालले मलेसियालाई ११ अतिरिक्त रन दिएको थियो ।
नेपालले विजयी लक्ष्य नौ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पुरा गरयो । नेपालका प्रारम्भिक ब्याट्सम्यान सन्दीप सुनार ६ रनमा, आदिल खान पाँच तथा दीपेन्द्रसिंह ऐरी चार रनमा आउट भए । प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक २३ रन बनाए । उनले २० बल खेल्दै पाँच चौका हाने । यस्तै प्रनित थापामगरले अविजित १८ रन बनाए । उनले १२ बलको सामना गर्दै एक छक्का र एक चौका प्रहार गरे ।
बलिङतर्फ मलेसियाका हाफिजुद्धिनले तीन विकेट लिए । उनले तीन ओभर बलिङ गर्दै २१ रन खर्चे । नेपालले अर्को खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता