लन्डन । निर्वाचनमा खटिएका बेला अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले टिपेर बाहिर फाल्ने साहस देखाएका प्रहरी हवल्दारलाई बेलायतबाट आर्थिक सहयोग गरिने भएको छ । बेलायतस्थित पूर्व प्रहरीहरुको संगठन पूर्व प्रहरी परिवार मञ्च यूकेले साहसी हवल्दार दुर्गाबहादुर रानालाई ५१ हजार रुपैयां प्रदान गर्न लागेको मञ्चका अध्यक्ष बाचस्पति रेग्मीले बताए ।
प्रहरीको उच्च मनोबल र साहसका लागि बेलायतबाट आर्थिक सहयोग गर्न लागिएको रेग्मीले बताए । सहयोग प्रहरी मुख्यालय पठाएर रानाको हातमा दिने मञ्चको तयारी छ । रेग्मी र पूर्व अध्यक्ष शिवजी श्रेष्ठको पहलमा आर्थिक सहयोग जुटाइएको हो ।
दोश्रो चरणको निर्वाचनका बेला तुलसीपुर नगरपालिका वडा नं ३ को आम्वासमा रहेको मतदान केन्द्रमा अज्ञात समूहले बम फालेको थियो । हवल्दार रानाले उक्त बम केही सेकेन्डमै जहांबाट आएको हो त्यहीं फालेर मतदानमा खटिएका कर्मचारी र मतदातालाई बचाएका थिए ।
गृहमन्त्री जनार्दन शर्मा र प्रहरीका उच्च अधिकारीले साहसिक काम गरेको भन्दै हवल्दार रानालाई त्यतिबेला धन्यवाद दिएका थिए ।गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई पुरस्कृत गर्ने समेत घोषणा गरेका थिए । सल्यानको शारदा नगरपालिका–१ निवासी राना २०६० सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार