लन्डन । साउथ इष्ट रिजनल तमुधिं लन्डनकी सह कोषाध्यक्ष तथा सोंपाल समाज यूकेको पूर्व उपाध्यक्ष पार्वती गुरुङले एनआरएनए यूकेको आगामी निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । गत आइतबार हिमालय क्लवमा एक पत्रकार सम्मेलन गरि उनले उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
विगत १९ वर्षदेखि बेलायत बस्दै आएकी स्याङजा स्थायी घर भएकी गुरुङले एनआरएनए यूके जस्तो गरिमामय संस्थामा रहेर सामाजिक कामलाई अझ गति दिन इच्छुक रहेको बताइन् । ‘म धेरै ठूलो आश्वासन दिएर मानिसहरुलाई अल्मल्याउन चाहन्न’, उनले भनिन्, ‘मेरो बलबुताले भ्याएसम्म दुःख पाएका नेपालीलाई सहयोग गर्न प्रयत्न गर्नेछु ।’
एनआरएन संस्था धनीहरुका लागि मात्र केन्द्रित भएको जनाउंदै उनले आफू कार्यसमितिमा आएपछि यसलाई ‘ग्रासरुट’ लेभलसम्म लैजान पहल गर्ने बताइन् । उनले हाल संघमा अग्रहजहरुले गरिरहेको कामलाई निरन्तरता दिंदै अघि बढ्ने पनि उल्लेख गरिन् ।
आफू कसैको प्यानलमा नलागी साथीभाइ, इष्टमित्र र समाजकै भरोसा, हौसला र साथले अघि बढेको उनले बताइन् । ‘मलाई यस संस्थामा आएर राजनीति गर्नु छैन्’, उनले भनिन्, ‘सामाजिक काममा बढि अग्रसर हुन्छु ।’
आफूलाई जिताउन आग्रह गर्दै गुरुङले जितेपछि मतदातालाई निरास पार्ने खालको काम नगर्ने समेत बताएकी छन् ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा