
इलाम नगरपालिका–५ मा एमालेका वडाध्यक्षसहित प्यानल नै विजयी भएपछि विजयी उत्सव मनाउँदै जनप्रतिनिधिहरू । तस्बिरः गोविन्द लामिछाने, इलाम, रासस
काठमाडौँ, १९ असार । आज बिहान ९ बजेसम्म २३७ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ ।
दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार, हाल ९१ स्थानीय तहको मतगणना कार्य जारी छ भने छ स्थानीय तहमा स्थगित भएको मतगणना कार्य सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
हालसम्म १८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य सम्पन्न भएका जिल्लामा प्रदेश नं १ को खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु छन् ।
यसैगरी, प्रदेश नं ५ को गुल्मी, पाल्पा, रोल्पा, रुकुम, छन् भने प्रदेश नं ७ को डडेल्धुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक