लन्डन । बेलायतको होलपार्क बगैँचामा भिमु मेमोरियल ट्रष्ट नेपाल र विश्व साहित्य महासंघ बेलायतको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती मनाइयो ।
साहित्यकार तथा समाजसेवी घन थापा मगरले आदिकवि भानुभक्त अचार्यको तस्वीरलाई खादा ओढाएर कार्यक्रम आरम्भ गरेका थिए । सो अवसरमा उपस्थित सबै सदस्यहरुले फूलमाला लगाई आचार्यलाई श्रद्धासुमन सम्झना गरे । उनको सम्झनामा सल्लाहकार घन थापा मगरलगायत आधा दर्जन जति कविहरुले आ–आफ्ना कविता वाचन गरेका थिए ।
भिमु मेमोरियल ट्रष्टकी अध्यक्ष जानुका राई र संस्थापक शिवकुमार राईले ट्रस्टको आरम्भकालदेखि हालसम्म नेपाल र विदेशमा ट्रष्टले गरेको गतिविधि र भावी योजनाबारे प्रकाश पार्दै सबै सहयोगी मनहरुप्रति आभार प्रकट गरेका थिए । उक्त कार्यक्रमको अवसर पारेर संस्थाका सक्रिय सदस्यहरु साहित्यकार संजीव पारदर्शी राई र साहित्यकार सुष्मा रुपाबुङ राईलाई संस्थाले बिदाई गरेको थियो । जागिरको सिलसिलामा यूकेबाट तीन वर्षका लागि ब्रुनाई जान लागेका संस्थाका अत्यन्तै सक्रिय र मिलनसार राई दम्पतिलाई बिदाई गर्ने क्रममा सबै सदस्यहरुले नमिठो अनुभूति गरे । राई दम्पत्तिले गहभरी आंसु छल्काउँदै सबै सदस्यहरुप्रति आभार ब्यक्त गरेका थिए ।
विसाम बेलायतका अध्यक्ष बिजय हितान मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम साहित्यकार करिश्मा घम र गायक थिर थापा मगरले सञ्चालन गरेका थिए । विसाम केन्द्रले केन्द्रीय अध्यक्ष तिगेलाको हातबाट संस्थालाई विशेष योगदान पुरयाएको भन्दै अध्यक्ष बिजय हितान, जानुका राई र थिर थापालाई सम्मानपत्र प्रदान गर्यो ।
संस्थाका कोषाध्यक्ष सुरेन्द्र थेवेले विश्वासदीप तिगेलाद्वारा लिखित ‘निष्पक्ष संविधान र समृद्ध राष्ट्र’ पुस्तकको समीक्षा गरेका थिए । औतारी साइलाले दुत पुनद्वारा लिखित ‘अर्लिभाइ’ कथा संग्रहको समीक्षा गरे । अध्यक्ष हितानले साहित्यकार घन थापा मगरको कविता संग्रह ‘क्याक्मीको कोशेली’ को समीक्षा गरेका थिए । केन्द्रीय अध्यक्ष तिगेलाले महासंघको स्थापनाकालदेखि हालसम्मको गतिविधिबारे संक्षिप्त प्रकाश पारेका थिए ।
कार्यक्रमको अन्तिम चरणमा गायक गायिकाहरु कल्पना राई, थिर थापा, गंगाराज राई, सुष्मा राई र मोहन लिम्बूले मीठा मीठा गीतहरु गाएर सांगीतिक मनोरञ्जन दिलाएका थिए । भानु जयन्तीको अवसर पारेर साहित्यिक तथा सांगीतिक कार्यक्रम समापनपश्चात सबै सहभागीहरुले होलपार्कको बिशाल सुन्दर बगैँचा भ्रमण गरी विदाबारी भएका थिए ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि