
लन्डन । बिजनेश क्लास टिकट नपाएको बहानामा अभिनेता भुवन केसी र उनका छोरा नायक अनमोल केसीले बेलायतमा हुन लागेको अवार्डस कार्यक्रम रद्द गरिदिएका छन् । भिसा लिएर दशौं नेपाली फिल्म फेयर अवार्डस कार्यक्रमका लागि उड्ने बेला भुवनले आफूहरु बिजनेश क्लास टिकट भए मात्र यात्रा गर्ने जिद्दी गरेका थिए । तर, आयोजकले महंगो टिकट खरिद गर्न नसक्ने बताए लगत्तै भुवन बाबु छोराले यात्रा रद्द गरेको आयोजक थर्ड आइका विकास देवकोटाले जनाए ।
‘नेपालबाट आउने तीस भन्दा बढि कलाकार सबै इकोनोमिक क्लासमा आएका बेला हामीले उनीहरु दुई जनालाई मात्र विजनेश क्लास अफर गर्न चाहेनौं’, देवकोटाले भने, ‘नेपाली फिल्म प्रवर्धनका लागि सात समुद्रपार गर्न लागिएको कार्यक्रममा सपोर्ट गर्नुको सट्टा भुवनजीले टिकटको बहानामा जुन हर्कत देखाउनुभयो हामी ज्यादै असन्तुष्ट छौं ।’
भुवनले आफ्नी पूर्व श्रीमति सुस्मिता केसीलाई बेलायत झिकाए आफूहरु नजाने बार्गेनिंग समेत गरेको देवकोटाले बताए । यसअघि आयोजक सुस्मितालाई बेलायत झिकाउने पक्षमा थियो ।
आज १ जुलाई सांझ ६ बजेदेखि अल्डरसटको एम्पायर हलमा अवार्डस कार्यक्रम हुंदैछ । उक्त कार्यक्रमकै लागि नेपालबाट कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, अनुप विक्रम शाही, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, गायिका सन्जिवनी, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, प्रदीप उदय, पुस्कर लामा, रामकेशर बोगटी, ज्ञानेन्द्र देउजा, सुन्दरलाल श्रेष्ठ, कुशल थापा आदि गरि तीस भन्दा बढि कलाकार – प्राविधिक बेलायत आइसकेका छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा