काठमाडौँ, ८ असार । प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई आज टोखाबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले क्यानडा पठाइदिन्छु भन्दै युवालाई ठगी गरेको भन्दै परेको उजुरीको आधारमा अनुसन्धानका लागि शाहीलाई पक्राउ गरीएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– क्यानडा पठाइदिन्छु भन्दै उनले २५-३० जना युवाबाट रु दुई लाख ५० हजारका दरले लिएको रसिद फेला परेको छ । रसिद दिएको भन्दा पनि बढी पैसा लिएको पीडित युवाले बताएका छन् ।
क्यानडा पठाइदिन्छु भन्दै रकम उठाए पनि लामो समयसम्म नपठाएपछि पीडित युवाले प्रहरीमा उजुरी गरेका थिए । शाही अखिल नेपाल फुटबल सङ्घका पूर्व महासचिव तथा पूर्व राष्ट्रिय गोलकिपर हुन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक