काठमाडौँ, ८ असार । प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई आज टोखाबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले क्यानडा पठाइदिन्छु भन्दै युवालाई ठगी गरेको भन्दै परेको उजुरीको आधारमा अनुसन्धानका लागि शाहीलाई पक्राउ गरीएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– क्यानडा पठाइदिन्छु भन्दै उनले २५-३० जना युवाबाट रु दुई लाख ५० हजारका दरले लिएको रसिद फेला परेको छ । रसिद दिएको भन्दा पनि बढी पैसा लिएको पीडित युवाले बताएका छन् ।
क्यानडा पठाइदिन्छु भन्दै रकम उठाए पनि लामो समयसम्म नपठाएपछि पीडित युवाले प्रहरीमा उजुरी गरेका थिए । शाही अखिल नेपाल फुटबल सङ्घका पूर्व महासचिव तथा पूर्व राष्ट्रिय गोलकिपर हुन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता