काठमाडौँ, ६ असार । फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।
आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने आज यहाँ आयोजित मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताउनुभयो ।
उहाँले निजी क्षेत्रबाट आयोजना भएको विद्यालयस्तरको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको दाबी गर्नुभयो ।
प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पुरस्कार पाउनेछन् भने उपविजेताले रु तीन लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २५ हजारसहित ट्रफि प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट डिफेन्डर, मिडफिल्डर तथा उत्कृष्ट स्ट्राइकरले जनही रु १० हजार पाउनेछन् ।
अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको अनुमानित खर्च रु ९० लाख रहेको आयोजकले जनाएको छ ।
आर्मी क्लब र बजाज बाइकबीच सम्झौता
त्रिभुवन आर्मी फुटबल क्लबलाई बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्दले सहयोग गर्ने भएको छ ।
भदकालीस्थित आर्मी अफिर्सस क्लबमा आज आयोजित एक कार्यक्रममा आर्मीलाई हुलासचन्दले तीन वर्षको लागि प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता