लन्डन । थर्ड आइ समूहले १ जुलाइ आइतबार बेलायत अल्डरसटमा गर्न लागेको दशौं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड अन्तर्गत गीत संगीत विद्याको विजेता छान्न समुदायबाट मत लिइएको छ ।
बेलायतस्थित विभिन्न क्षेत्र आवद्ध प्रवुद्ध व्यक्ति तथा सञ्चारकर्मीहरुको सहभागितामा लन्डन सडबरीस्थित हिमालयन क्लवमा मत संकलन कार्यक्रम भएको हो । कार्यक्रमका सहभागीले वेष्ट प्लेब्याक सिंगर (महिला), वेष्ट प्ले ब्याक सिंगर (पुरुष), उत्कृष्ट संगीत निर्देशक, उत्कृष्ट गीतकार र उत्कृष्ट गीत छान्न मत दिएका छन् । यी ५ विद्याको अन्तिम निर्णय भने फिनालेमा सार्वजनिक गरिनेछ । नेपालमा गत वर्ष रिलिज भएका ८० नेपाली फिल्ममध्येबाट ३२ विद्यामा अवार्ड प्रदान गर्न लागिएको थर्ड आइले जनाएको छ ।
अवार्ड कार्यक्रम संयोजक विकास देवकोटाले अल्डरसटस्थित एम्पायर हलमा सांझ ६ बजे देखि हुने अन्तिम कार्यक्रमका लागि हल बुकिङ, कलाकारहरुको आवास व्यवस्था, साउण्ड एण्ड लाइटिङ सिस्टम, भिडियोग्राफी, रेड कार्पेट शोका लागि लिमोजिन बुक भइसकेको जानकारी दिए । देवकोटाले अवार्ड कार्यक्रमका लागि कलाकारहरु भुवन केसी, करिष्मा मानन्धर, आर्यन सिग्देल, अनमोल केसी, केकी अधिकारी, अशिष्मा नकर्मी, प्रियंका कार्की, साम्राज्ञी राज्य लक्ष्मी शाह लगायत नयां-पुराना चार दर्जन कलाकार र पत्रकार ऋषि धमला समेत बेलायत आउने तयारी गरिरहेको जनाए ।
बेलायतमा हुन लागेको यस खालको कार्यक्रम यो पहिलो हो । अवार्ड वितरण कार्यक्रममा नेपालबाट आउने कलाकारले नृत्य, गायन र स्थानीय कलाकारहरुको विशेष प्रस्तुति हुने आयोजकले बताएका छन् ।
अन्य आयोजक ओजेश सिंह, जीवन सेन र युवराज सिंहले उक्त कार्यक्रममा आएर नेपाली चलचित्रको उत्थान, प्रवर्धन एवं बजार विस्तारमा सघाउन आग्रह गर्दै त्यसदिन कार्यक्रम नजुधाइदिन सबैमा अपिल गरेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार