लन्डन । थर्ड आइ समूहले १ जुलाइ आइतबार बेलायत अल्डरसटमा गर्न लागेको दशौं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड अन्तर्गत गीत संगीत विद्याको विजेता छान्न समुदायबाट मत लिइएको छ ।
बेलायतस्थित विभिन्न क्षेत्र आवद्ध प्रवुद्ध व्यक्ति तथा सञ्चारकर्मीहरुको सहभागितामा लन्डन सडबरीस्थित हिमालयन क्लवमा मत संकलन कार्यक्रम भएको हो । कार्यक्रमका सहभागीले वेष्ट प्लेब्याक सिंगर (महिला), वेष्ट प्ले ब्याक सिंगर (पुरुष), उत्कृष्ट संगीत निर्देशक, उत्कृष्ट गीतकार र उत्कृष्ट गीत छान्न मत दिएका छन् । यी ५ विद्याको अन्तिम निर्णय भने फिनालेमा सार्वजनिक गरिनेछ । नेपालमा गत वर्ष रिलिज भएका ८० नेपाली फिल्ममध्येबाट ३२ विद्यामा अवार्ड प्रदान गर्न लागिएको थर्ड आइले जनाएको छ ।
अवार्ड कार्यक्रम संयोजक विकास देवकोटाले अल्डरसटस्थित एम्पायर हलमा सांझ ६ बजे देखि हुने अन्तिम कार्यक्रमका लागि हल बुकिङ, कलाकारहरुको आवास व्यवस्था, साउण्ड एण्ड लाइटिङ सिस्टम, भिडियोग्राफी, रेड कार्पेट शोका लागि लिमोजिन बुक भइसकेको जानकारी दिए । देवकोटाले अवार्ड कार्यक्रमका लागि कलाकारहरु भुवन केसी, करिष्मा मानन्धर, आर्यन सिग्देल, अनमोल केसी, केकी अधिकारी, अशिष्मा नकर्मी, प्रियंका कार्की, साम्राज्ञी राज्य लक्ष्मी शाह लगायत नयां-पुराना चार दर्जन कलाकार र पत्रकार ऋषि धमला समेत बेलायत आउने तयारी गरिरहेको जनाए ।
बेलायतमा हुन लागेको यस खालको कार्यक्रम यो पहिलो हो । अवार्ड वितरण कार्यक्रममा नेपालबाट आउने कलाकारले नृत्य, गायन र स्थानीय कलाकारहरुको विशेष प्रस्तुति हुने आयोजकले बताएका छन् ।
अन्य आयोजक ओजेश सिंह, जीवन सेन र युवराज सिंहले उक्त कार्यक्रममा आएर नेपाली चलचित्रको उत्थान, प्रवर्धन एवं बजार विस्तारमा सघाउन आग्रह गर्दै त्यसदिन कार्यक्रम नजुधाइदिन सबैमा अपिल गरेका छन् ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित