लन्डन । प्रवासी नेपाली मञ्च बेलायत उत्तर पश्चिम समितिको वार्षिक अधिवेशनले नयां नेतृत्व चयन गरेको छ ।
समितिका अध्यक्ष वसन्त नेपालको अध्यक्षता, प्रवास जिल्ला अध्यक्ष रामशरण सिम्खडाको प्रमुख आतिथ्य एवं संस्थापक अध्यक्ष आंगकल्जंग लामाको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले अर्जुन चापागाईंको अध्यक्षतामा नयां समिति चुनेको हो । समितिमा मिलन केसी उपाध्यक्ष, गंगा केसी सचिब, गणेश अधिकारी कोषाध्यक्ष तथा सदस्यहरुमा दिनेश थापा, वृख सांवा र बिनोद केसी छानिएका छन् । अधिवेशनले चार सदस्यीय सल्लाहकारहरुमा कृष्ण तिवारी, वसन्त नेपाल, उमेशराज मोक्तान र विमला सुब्वाको नाम पनि अनुमोदन गरेको छ ।
नर्थ हयारोस्थित सरस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनमा निवर्तमान अध्यक्ष वसन्त नेपालले नवनिर्वाचित कार्यसमितिको कार्यकाल सफल रहोस् भन्दै शुभकामना दिए । नव निर्वाचित कार्यसमितिको अनौपचारिक बैठकले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान