लन्डन । २ जुनमा लन्डनमा सम्पन्न पहिलो मिसेस नेपाल यूके प्रतियोगिता विवादरहित बन्न सकेन । १७ प्रतियोगीमध्ये ८ जनाले प्रतियोगिताप्रति असन्तुष्टि जनाउंदै आयोजकमाथि आक्रोश पोखेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै असन्तुष्ट प्रतियोगीले कमजोर व्यवस्थापनको विरोध गरे । प्रतियोगी मध्ये सिर्जना पाण्डे, संगीता मगर भारती, अमृता गिरी गजुरेल, गिता श्रेष्ठ, रुप अमात्य श्रेष्ठ, निरु श्रेष्ठ, सोनु राजभण्डारी र रफी श्रेष्ठले हस्ताक्षरसहित प्रतियोगिता निष्पक्ष नभएको अवगत गराएका हुन् ।
लन्डन फेसन हाउसले गरेको उक्त प्रतियोगितामा पूर्व घोषित टाइटिल नदिइएको, प्रशिक्षण दुई दिन पनि पुरा नदिइएको, प्रतियोगीलाई पानी समेत व्यवस्था नगरिएको, शुरुमा निशुल्क भनेर टिसर्ट र गाउनको रकम असुलिएको, निर्णायकले निर्णय दिएपछि पनि झण्डै ५० मिनेट रोकेर पर्दा पछाडिबाट अन्तिममा अप्रत्यासित नतिजा सार्वजनिक गरिएको, वेष्ट सेफ टाइटलमा खाना नै नचाखी हचुवाका भरमा अवार्ड बांडिएको आरोप ति प्रतियोगीको छ । केही प्रतियोगीले आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले आफूहरुलाई कुकुरको जस्तो तुच्छ व्यवहार गरेको आरोप समेत लगाए । प्रतियोगिता हुनु अघि एउटा फारमसम्म नभरेर मनोमानी नियम लागू गरेको उनीहरुको भनाइ छ ।
पत्रकार सम्मेलनमा संगीता मगरले वेष्ट इस्माइल, वेष्ट हेयर, वेष्ट डिस्सिप्लिन, वेष्ट पर्सनालिटी, वेष्ट फ्रेण्डसीप, वेष्ट इन्सपाइरिङ, वेष्ट कन्जिनियालिटी लगायत टाइटिलमा अवार्ड नै घोषणा नगरिएको बताइन् । उनले प्रश्न समेत कसैलाई एउटा र कसैलाई तीनवटा सोधिएको गुनासो गरिन् । संगीताले मेकअप आर्टिस्ट बिना राईले शोका दिन कमजोर व्यवस्थापनविरुद्ध आवाज उठाएपनि व्यवस्थापन टिममा संलग्न अरुले भने केही नबोलेको बताइन् ।
हेर्नुहोस् भिडियो
https://www.facebook.com/osnepalcom/videos/1598082213544798/
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र