लन्डन । २ जुनमा लन्डनमा सम्पन्न पहिलो मिसेस नेपाल यूके प्रतियोगिता विवादरहित बन्न सकेन । १७ प्रतियोगीमध्ये ८ जनाले प्रतियोगिताप्रति असन्तुष्टि जनाउंदै आयोजकमाथि आक्रोश पोखेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै असन्तुष्ट प्रतियोगीले कमजोर व्यवस्थापनको विरोध गरे । प्रतियोगी मध्ये सिर्जना पाण्डे, संगीता मगर भारती, अमृता गिरी गजुरेल, गिता श्रेष्ठ, रुप अमात्य श्रेष्ठ, निरु श्रेष्ठ, सोनु राजभण्डारी र रफी श्रेष्ठले हस्ताक्षरसहित प्रतियोगिता निष्पक्ष नभएको अवगत गराएका हुन् ।
लन्डन फेसन हाउसले गरेको उक्त प्रतियोगितामा पूर्व घोषित टाइटिल नदिइएको, प्रशिक्षण दुई दिन पनि पुरा नदिइएको, प्रतियोगीलाई पानी समेत व्यवस्था नगरिएको, शुरुमा निशुल्क भनेर टिसर्ट र गाउनको रकम असुलिएको, निर्णायकले निर्णय दिएपछि पनि झण्डै ५० मिनेट रोकेर पर्दा पछाडिबाट अन्तिममा अप्रत्यासित नतिजा सार्वजनिक गरिएको, वेष्ट सेफ टाइटलमा खाना नै नचाखी हचुवाका भरमा अवार्ड बांडिएको आरोप ति प्रतियोगीको छ । केही प्रतियोगीले आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले आफूहरुलाई कुकुरको जस्तो तुच्छ व्यवहार गरेको आरोप समेत लगाए । प्रतियोगिता हुनु अघि एउटा फारमसम्म नभरेर मनोमानी नियम लागू गरेको उनीहरुको भनाइ छ ।
पत्रकार सम्मेलनमा संगीता मगरले वेष्ट इस्माइल, वेष्ट हेयर, वेष्ट डिस्सिप्लिन, वेष्ट पर्सनालिटी, वेष्ट फ्रेण्डसीप, वेष्ट इन्सपाइरिङ, वेष्ट कन्जिनियालिटी लगायत टाइटिलमा अवार्ड नै घोषणा नगरिएको बताइन् । उनले प्रश्न समेत कसैलाई एउटा र कसैलाई तीनवटा सोधिएको गुनासो गरिन् । संगीताले मेकअप आर्टिस्ट बिना राईले शोका दिन कमजोर व्यवस्थापनविरुद्ध आवाज उठाएपनि व्यवस्थापन टिममा संलग्न अरुले भने केही नबोलेको बताइन् ।
हेर्नुहोस् भिडियो
https://www.facebook.com/osnepalcom/videos/1598082213544798/
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता