तीन राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शितलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहमद मालिकीले ओहदाको प्रमाणपत्र पेश गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, २२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि तीन मुलुकका गैरआवासीय राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा मोरक्कोका मोहमद मालिकी, टर्कीका सकिर ओजकान टोरुनलर र होली सीका आर्कबिसप जियामबाटिस्टा डिक्वाट्रोले प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री