लन्डन । स्कटल्याण्डको एडिनबरामा १० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको दिन २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाइन्छ ।
कार्यक्रममा सगरमाथा र नेपालको पर्वतारोहण तथा पदयात्राका विविध पक्षबारे चर्चा गर्दै दिवस मनाइएको हो ।
नेपालमा यस दिवस पारेर हिमालय पर्यटन प्रवर्धनका विभिन्न गतिविधि आयोजना गरिन्छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारीले नेपालको पर्यटनबारे जानकारी दिंदै सहभागीलाई नेपाल घुम्न जान आग्रह गरे । उक्त अवसरमा नेपालको संस्कृति झल्कने भिडियो समेत देखाइयो । दुई चर्चित पर्वतारोही जेम्स ओगिल्भी र दावा शेर्पाले नेपालको पर्वतारोहण र पदयात्राबारे बोले । ७ वटा हिमशिखरको सफल आरोहण गरिसकेका बेलायती नागरिक जेम्स सामाजिक कार्यकर्ता पनि हुन् भने शेर्पाले दुई पटक सगरमाथा आरोहण गरेका छन् ।
६० भन्दा बढि सहभागी उक्त कार्यक्रममा ८ वर्षीया अबिसा चापागाईं र चरण प्रधानको नाचमा सहभागी खुबै रमाए । इरान र हल्याण्ड नागरिकले सांगीतिक मनोरन्जन प्रदान गरे ।
उक्त कार्यक्रम स्कटल्याण्डस्थित नेपाली समुदाय र नेपाल पर्यटन बोर्डले भिजिट नेपाल युरोप २०१७ अभियानका रुपमा मनाएका हुन् । भिजिट नेपाल युरोप २०१७ अभियानको मुख्य उद्देश्य युरोपेली पर्यटकलाई नेपाल बिदा मनाउन सुन्दर गन्तव्य हो भन्ने सन्देश दिनु रहेको छ । नेपाल पर्यटन बोर्डले गत वर्ष भन्दा करिब ४० प्रतिशत बढि युरोपेली पर्यटक नेपाल भित्रयाउने लक्ष्यसहित अभियान तीव्र पारेको छ । सन् २०१६ मा एक लाख ७० हजार भन्दा बढि पर्यटक युरोपबाट नेपाल घुम्न गएका थिए ।
पर्यटन बोर्ड प्रतिनिधि भण्डारीले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै र सहभागीप्रति आभार व्यक्त गरेका छन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने