लन्डन । स्कटल्याण्डको एडिनबरामा १० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको दिन २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाइन्छ ।
कार्यक्रममा सगरमाथा र नेपालको पर्वतारोहण तथा पदयात्राका विविध पक्षबारे चर्चा गर्दै दिवस मनाइएको हो ।
नेपालमा यस दिवस पारेर हिमालय पर्यटन प्रवर्धनका विभिन्न गतिविधि आयोजना गरिन्छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारीले नेपालको पर्यटनबारे जानकारी दिंदै सहभागीलाई नेपाल घुम्न जान आग्रह गरे । उक्त अवसरमा नेपालको संस्कृति झल्कने भिडियो समेत देखाइयो । दुई चर्चित पर्वतारोही जेम्स ओगिल्भी र दावा शेर्पाले नेपालको पर्वतारोहण र पदयात्राबारे बोले । ७ वटा हिमशिखरको सफल आरोहण गरिसकेका बेलायती नागरिक जेम्स सामाजिक कार्यकर्ता पनि हुन् भने शेर्पाले दुई पटक सगरमाथा आरोहण गरेका छन् ।
६० भन्दा बढि सहभागी उक्त कार्यक्रममा ८ वर्षीया अबिसा चापागाईं र चरण प्रधानको नाचमा सहभागी खुबै रमाए । इरान र हल्याण्ड नागरिकले सांगीतिक मनोरन्जन प्रदान गरे ।
उक्त कार्यक्रम स्कटल्याण्डस्थित नेपाली समुदाय र नेपाल पर्यटन बोर्डले भिजिट नेपाल युरोप २०१७ अभियानका रुपमा मनाएका हुन् । भिजिट नेपाल युरोप २०१७ अभियानको मुख्य उद्देश्य युरोपेली पर्यटकलाई नेपाल बिदा मनाउन सुन्दर गन्तव्य हो भन्ने सन्देश दिनु रहेको छ । नेपाल पर्यटन बोर्डले गत वर्ष भन्दा करिब ४० प्रतिशत बढि युरोपेली पर्यटक नेपाल भित्रयाउने लक्ष्यसहित अभियान तीव्र पारेको छ । सन् २०१६ मा एक लाख ७० हजार भन्दा बढि पर्यटक युरोपबाट नेपाल घुम्न गएका थिए ।
पर्यटन बोर्ड प्रतिनिधि भण्डारीले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै र सहभागीप्रति आभार व्यक्त गरेका छन् ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत