
काठमाडौँ महानगरपालिकाको प्रमुखमा विद्यासुन्दर शाक्य निर्वाचित भएपछि नेकपा (एमाले)द्वारा राजधानीमा मङ्गलबार आयोजित विजयी सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा योजनाबद्ध तरिकाले मतपत्र च्यातिएको आरोप लगाउनुभएको छ ।
नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको काठमाडौँबाट स्थानीय तहमा विजयी उम्मेदवारहरुको विजयी सभालाई आज भृकुटीमण्डपमा सम्वोद्धन गर्दै उहाँले सो आरोप लगाउनुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, “आफूले हार्ने भएपछि योजनाबद्ध रुपमा वाइसिएल लगाएर मतपत्र च्यातिएको हो, त्यहाँ फेरि निर्वाचन गराउन सम्भव छैन ।”
मुस्लिम धर्मावलम्बीको इदउल–फित्र पर्वका अवसरमा आगामी असार ९ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन एमालेलाई मान्य नहुने उल्लेख गर्दै उहाँले “विशेष पर्व, बर्खाको समय, मतदाता कसरी मतदानस्थलसम्म जाने ? पानीमा मतपत्रको सुरक्षा कसरी गर्ने ? भनी प्रश्न गर्नुभयो । ”
अध्यक्ष ओलीले एमालेलाई सरकारको हतारो नभएको र तीन वटै निकायको निर्वाचन सम्पन्न भएपछि मात्र यसवारे सोच्न सक्ने बताउँदै सरकारले प्रदान गर्ने तक्मा र विभूषणलाई पनि अपमान गर्ने कार्य गरेको आरोप लगाउनुभयो ।
नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाएर अवकाश लिनुपर्ने अवस्थाको सिर्जना गर्नु ज्यादै दुःखद कुरा हो, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकामा राम्रो काम गर्ने समूह आएको र यसले पाँच वर्षसम्म भ्रष्टाचारको छिटासमेत नलाग्ने गरी सिङ्गो महानगरको विकास र समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले निर्वाचन जितेपछि ठूलो जिम्मेवारी महसुस भएको उल्लेख गर्दै आफूले मतदाताको विश्वास नगुमाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बोल्ने बेला नभई काम गरेर देखाउने बेला भएको भन्दै उहाँले काठमाडौँलाई हेर्न मात्र हैन, बस्न लायक सुन्दर सहर बनाउने सङ्ल्कप गर्नुभयो ।
यसअघि बाजागाजासहित काठमाडौँको न्युरोडगेटबाट सुरु भएको विजय रयाली रत्नपार्क हुँदै भृकुटीमण्डपमा आएर विजयसभामा परिणत भयो ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक