अख्तियार प्रमुख र महालेखा परीक्षकलाई पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमा नियुक्त हुनुभएका दीपक बस्न्यात र महालेखा परीक्षकमा नियुक्त हुनुभएका टङ्कमणि शर्मा दङ्गालको शपथग्रहण कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको हैसियतमा प्रधानन्यायाधी गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच कार्यवाहक प्रधानन्यायाधीश पराजुलीले बस्न्यात र दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीमगर, मुख्य सचिव डा सोमलाल सुवेदी, सचिव र नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त बस्न्यात र महालेखा परीक्षक दङ्गाललाई संसदीय सुनुवाइ समितिले आइतबार नियुक्तिका लागि सिफारिस गरेको थियो ।

नेपाल संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र महालेखा परीक्षकमा दङ्गाललाई नियुक्त गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री