लन्डन । नेपाली युथ एसोसिएसनले युवाहरुमा अभिप्रेरणा जगाउने उद्देश्यले आइतबार २१ मेमा दोस्रो ‘युथ टक शो’ गर्ने भएको छ ।
चाल्टन फुटबल क्लबमा हुने युथ टक शोमा मुख्य अतिथी हुनेछन् बेलायतको संसदीय निर्वाचनमा डार्टफोर्ड क्षेत्रका लागि लेबर पार्टीका उम्मेद्वार डा. बच्चुकैलाश कैनी । कैनीले ‘मोटिभेसनल स्पीच’ दिने कार्यक्रम छ । टक शोमा कैनीसंग युवाहरुले विभिन्न जिज्ञासा एवं अन्तरक्रिया गर्ने छन् ।
बेलायती संसदीय निर्वाचनमा उम्मेदवार बन्ने पहिलो नेपाली मुलका कैनीको स्वास्थ्य क्षेत्रमा पनि अनुभव र दक्षता छ ।
दिउसो ३ बजेदेखि शुरु हुने टक शो कार्यक्रम संयोजक तथा एसोसिएसनका उपसभापति लक्ष्मण गुरुङले चलाउने छन् । कार्यक्रममा ग्रीनवीच बरोका काउन्सिलर तथा समासेवीहरुको उपस्थित हुने एसोसिएसनले जनाएको छ ।
एसोसियसनका सभापति दिपेन गुरुङ र उपसभापति राजन खकुरेलले पृथक शैलीमा हुने कार्यक्रममा सहभागी हुन सम्पूर्ण युवाहरुलाई अनुरोध गरेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान