लन्डन । नेपाली युथ एसोसिएसनले युवाहरुमा अभिप्रेरणा जगाउने उद्देश्यले आइतबार २१ मेमा दोस्रो ‘युथ टक शो’ गर्ने भएको छ ।
चाल्टन फुटबल क्लबमा हुने युथ टक शोमा मुख्य अतिथी हुनेछन् बेलायतको संसदीय निर्वाचनमा डार्टफोर्ड क्षेत्रका लागि लेबर पार्टीका उम्मेद्वार डा. बच्चुकैलाश कैनी । कैनीले ‘मोटिभेसनल स्पीच’ दिने कार्यक्रम छ । टक शोमा कैनीसंग युवाहरुले विभिन्न जिज्ञासा एवं अन्तरक्रिया गर्ने छन् ।
बेलायती संसदीय निर्वाचनमा उम्मेदवार बन्ने पहिलो नेपाली मुलका कैनीको स्वास्थ्य क्षेत्रमा पनि अनुभव र दक्षता छ ।
दिउसो ३ बजेदेखि शुरु हुने टक शो कार्यक्रम संयोजक तथा एसोसिएसनका उपसभापति लक्ष्मण गुरुङले चलाउने छन् । कार्यक्रममा ग्रीनवीच बरोका काउन्सिलर तथा समासेवीहरुको उपस्थित हुने एसोसिएसनले जनाएको छ ।
एसोसियसनका सभापति दिपेन गुरुङ र उपसभापति राजन खकुरेलले पृथक शैलीमा हुने कार्यक्रममा सहभागी हुन सम्पूर्ण युवाहरुलाई अनुरोध गरेका छन् ।
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ