
लन्डन । नेपाली सांगीतिक दुनियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल ब्याण्ड हो ‘ग्लुमी गाइज’ । सोही ब्याण्डका आकाशैमा चिल उड्यो, दार्जिलिङको रेलैमा, मायाको डोरी लगायत थुप्रै गीत अझै पनि संगीतप्रेमी दर्शक-स्रोताको मानसपटलमा ताजै छ । दश वर्षपछि सोही ब्याण्डका गितारिस्ट एवं भोकलिष्ट सुजेश वैद्यले एकल रुपमा ‘हे मोरी…’ गीतको भिडियो युट्यूब मार्फत सार्वजनिक गरेका छन् ।
लामो समयदेखि बेलायत बस्दै आएका वैद्यले भिडियोको सम्पूर्ण छांयाकन पनि बेलायतमै गरेका छन् । नेपाल गएर भिडियो बनाउन हुने झन्झट अन्त्य र बेलायतको लोकेसन दर्शकका लागि नयां हुनुका साथै बेलायतमै राम्रो टिम पाएपछि यतै भिडियो निर्माण गरेको सुजेशले बताए । भिडियो आफूले सोचे भन्दा राम्रो बनेको उनले सुनाए ।
भिडियोमा एलिसा वैद्य र टंक धमलाको अभिनय छ भने अर्जुन पान्डे र आशिष श्रेष्ठ अतिथि कलाकारका रुपमा देखिएका छन् । ड्रेस अन्जली केसी, मेकअप दिपिका श्रेष्ठ र सह–छायांकन रुपक प्रजापतिको छ । भिडियो निर्माणमा बेलायतमा नेपालीद्वारा सञ्चालित भोरी ट्रान्सपोर्टले पनि सहयोग गरेको छ ।
भिडियोको छायांकन, सम्पादन एवं निर्देशन बेलायतमा स्थापित सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । म्यूजिक भिडियोसहित फोटोग्राफी र भिडियोग्राफीमा श्रेष्ठको सक्रियताले बेलायतबासी नेपाली समुदायलाई सहज भएको छ ।
भिडियो
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]