लन्डन । आउँदो जुलाई २९ र ३० तारिख जर्मनीको फ्रयाङ्कफर्टमा हुन गैरहेको गैर आवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठकको तयारी तीव्र बढेको छ । बैठक तयारीका लागि गत साता फ्रयाङ्कफर्टमा युरोप क्षेत्रीय संयोजक कुल आचार्यको अध्यक्षतामा बसेको बैठकले आचार्यकै अध्यक्षतामा ५७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । बैठकले आर्थिक, मिडिया लगायत विभिन्न समिति र ११ सदस्यीय सचिवालय पनि गठन गरेको छ।
त्यस्तै बैठकले गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक जीबा लामिछाने, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायत ३० जना सम्मिलित सल्लाहकार समिति पनि गठन गरेको छ। त्यस्तै संघकी महिला संयोजक सपिला राजभण्डारीको संयोजकत्वमा महिला सम्मेलन व्यवस्थापन समिति गठन गरिएको छ।
युरोप क्षेत्रीय संयोजक कुल आचार्यको अध्यक्षतामा बसेको बैठकले ‘युरोपका नेपालीको एकता: समृद्ध नेपालको आवश्यकता’ भन्ने मूल नारा पनि तय गरेको छ।
बैठक जुलाई २९ र ३० तारिख फ्रयाङ्कफर्टस्थित लिन्डनर कँग्रेस होटलमा आयोजना गर्ने तय गरिएको छ। गर्मी याममा उक्त होटल व्यस्त रहने भएकाले सकभर छिटो होटल बुक गर्न आचार्यले आग्रह गरेका छन् । [email protected] मा गएर होटल बुक गर्न सकिनेछ। (होटेलको इमेल [email protected] र बुक गर्नकालागि कोड NRNA रहेको छ)
प्रायोजन
बैठकले मुख्य प्रायोजकसंग कम्तीमा १०,००० युरो, प्लाटिनम प्रायोजकसंग कम्तीमा ५,००० युरो, गोल्ड प्रायोजकसंग कम्तीमा ३,००० युरो, सिल्भर प्रायोजकसंग कम्तीमा २,००० युरो, ब्रन्ज प्रायोजकसंग कम्तीमा १,००० युरो र अन्य प्रायोजकहरुबाट कम्तीमा ५०० युरोकालागि अनुरोध गर्ने निर्णय समेत गरेको थियो।
बैठकको आतिथेय गर्ने एनआरएन राष्ट्रिय समन्वय समिति जर्मनीले बैठकको सबै खर्च सहभागीहरुबाट प्राप्त दर्ता शुल्कबाट चलाउने र प्रायोजन तथा अन्य स्रोतबाट उठेको सबै रकम काठमाडौंमा एनआरएन भवन निर्माण काममा सघाउनकालागि पठाउन निर्णय समेत गरेको छ।
बैठकमा एनआरएनएका उपाध्यक्ष कुमार पन्त, महासचिव डा बद्री केसी, सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी, उप महिला संयोजक रजनी प्रधान लगायतले बैठकको संबन्धमा सुझाव सल्लाह दिएका थिए । उक्त अवसरमा बोल्दै प्रमुख संरक्षक जीबा लामिछानेले बैठकबाट खर्च कटाइ उठेको सबै रकम एनआरएन भवन निर्माणमा पठाइने भएकाले खुल्ला हृदयले सहयोग गर्न सबैलाई आह्वान गरे ।
संघकी महिला संयोजक सपिला राजभण्डारीले विगतमा जस्तै गैरआवासीय नेपाली महिलाहरुसंग संबन्धित विषयबारे छलफल चलाइने महिला सम्मेलनलाई सफल पार्न सबैको सहयोगका लागि अनुरोध गरिन् भने एनआरएन जर्मनीका अध्यक्ष नवराज रोश्याराले युरोप क्षेत्रीय बैठक सफल पार्न सबैलाई सहयोगकालागि आग्रह गरे ।
बैठकको अन्त्यमा एनआरएनएका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले गत वर्ष डेनमार्कको कोपेनहेगनमा संपन्न क्षेत्रीय बैठककै निरन्तरताको रुपमा जर्मनीमा हुन गैरहेको बैठकलाई पनि भव्यरुपमा सफल पार्न आग्रह गरे । उनले बैठक आयोजनामा खटिरहेका एनआरएनए जर्मनी तथा युरोप क्षेत्रका सबै पदाधिकारी तथा साथीहरुलाई हार्दिक धन्यवाद दिदै फ्रयाँकफर्ट बैठक एनआरएन अभियानमा एक कोशेढुँगा हुने विश्वास पनि व्यक्त गरे ।
बैठकमा एनआरएन भवन निर्माण बाहेक नेपालमा लगानी तथा पर्यटन प्रबर्द्धन तथा युरोप क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका समस्याका बारे पनि छलफल गरिने आयोजकहरुले जनाएका छन्।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने