लन्डन । नेपालका विभिन्न स्थानमा सामाजिक सेवा, मानव हित र शिक्षाको उज्यालो दिप जगाउदै हिँडेका सामाजिक अभियन्ता लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष बिष्णु गौतम मे १९ मा बेलायत आउने भएका छन् ।
गौतम बेलायतमा सामाजिक, मानवीयलगायत सांस्कृतिक क्षेत्रमा सहयोग र अग्रणी भूमिका खेल्दै आएको च्यारिटी संस्था नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबिसी यूके) को निमन्त्रणामा बेलायत आउन लागेका कम्युनिटी अध्यक्ष मिलन घिमिरेले जानकारी दिए ।
गौतम २१ मेमा नेपाल पत्रकार महासंघ बेलायतको च्यारिटी कार्यक्रममा सहभागी हुने र सो पश्चात २२ देखि २६ मेसम्म स्कटल्याण्डको कार्यक्रममा सहभागी हुनेछन् ।
२७ मे शनिबार दिउसो एनबिसी यूकेले साउथ हयारोस्थित गोल्डनसिप रेस्टुरेन्टमा विष्णु गौतमसंग अन्तरंग गर्न लागेको छ । सो कार्यक्रममा बेलायतका नेपाली संघ संस्था, सामाजिक तथा वौद्धिक व्यक्तित्व, व्यापारी, उद्योग व्यबसायी, पत्रकार, कलाकार तथा समाजका सबै क्षेत्रसंग सम्वन्धित व्यक्तिलाई उपस्थित हुन अनुरोध तथा निमन्त्रणा गरिएको छ ।
परिवारमा परेको अकल्पनीय बज्रपात अनि त्यसले ल्याउन खोजेको मानसिक बिक्षिप्तता र पारिवारिक तहसनहसलाई दृढ मनोवलका साथ किनारा लगाउदै सामाजिक सेवाबाट समाज परिवर्तन, मानव कल्याण, पिछडिएका सिमान्तकृत वर्गको सेवामा समर्पित छन् गौतम । दीन दुःखीहरूको सेवामा देशका विकट कुना कन्दराहरूमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत काम गर्दै दिनरात खटिइरहने गौतम देश तथा विदेशमा अत्यन्तै परिचित छन् ।
गौतमले सञ्चालन गरेको लक्ष्मी प्रतिष्ठानले चितवन र काभ्रे जिल्लामा थुप्रै सामाजिक र मानवीय काम गरिसकेको छ । प्रतिष्ठानले विद्यालयलाई जग्गा दान, विद्यालय तथा छात्रावास निर्माण, पुस्तकालय निर्माण, खानेपानी तथा शौचालय व्यवस्था, भूकम्प पीडितलाई बास, भोका नांगाहरूलाई गास अनि कपास, जीविकोपार्जनका लागि उध्यमशील कार्यक्रम सञ्चालन गरेको छ ।
स्मरण रहोस् एनबिसी यूकेले प्रतिष्ठानलाई सहयोग गरी ९ लाख २३ हजार रूपैयाँमा चितवन कान्दामा दुई तले छात्रावास निर्माण गरेको छ ।
विभिन्न क्षेत्रमा निश्वार्थ भावनाका साथ काम गरेका गौतमबाट प्रभावित भएर बेलायत, अमेरिका लगायत विश्वका अधिकांश ठाउँबाट व्यक्ति तथा संघ संस्थाले सहयोग र चन्दा दिनुका साथै प्रतिष्ठानको सदस्यस्ता लिएका छन् ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने