
लन्डन । ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनको आयोजना र रेडिङस्थित विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा २५६१ औं बुद्ध जयन्ती मनाइएको छ । गत १० मे का दिन रेडिङस्थित रिभरमेड लिजर सेन्टरको सभाकक्षमा बिहान १० देखि बेलुका ६ बजेसम्म कार्यक्रम गरिएको हो ।
बुद्ध जयन्ती कार्यक्रमको पहिलो चरणमा मण्डप सजावट तथा नेपालबाट आएका लामा गुरु तेन्जिङ ग्याछो एवं स्थानीय लामा गुरुहरु हस्त लामा र कर्म वाङदेन लामाबाट संयुक्त रुपमा शुद्धीकरण पूजा भएको थियो । जेष्ठ नागरिक जसबहादुर गुरुङबाट मुल बत्ति प्रज्वलन गरिएको थियो ।
कार्यक्रमको मध्य भागमा प्रसाद वितरण गरियो । कार्यक्रममा रेडिङबाट निर्वाचित सांसद रब विल्सनले बुद्ध जयन्तीको उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई शुभकामना दिए । उनले रेडिङको नेपाली समुदायलाई आफूले सधैं सहयोग गर्ने वचन समेत दिए ।
औपचारिक कार्यक्रमको सभापतित्व ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनका अध्यक्ष कृष्ण न्यौपानेले गरेका थिए भने आयोजक सम्पूर्ण संघ संस्थाको तर्फबाट तामाङ घेदुंग संघका अध्यक्ष प्रेम लामाले स्वागत मन्तव्य दिए ।
कार्यक्रमको बीचमा लामा गुरु तेन्जिङ ग्याछोले बुद्ध दर्शन र बुद्ध जयन्तीको महिमाबारे प्रवचन दिए । कवयित्री निर्मला न्यौपाने र कवि बुद्धिबहादुर गुरुङले बुद्ध सम्बन्धि कविता वाचन गरे । औपचारिक कार्यक्रमको अन्त्यमा सभापति कृष्णप्रसाद न्यौपानेले सबैलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना दिए ।
बुद्ध सम्बन्धि कविता पाठकासाथ कार्यक्रम सञ्चालन ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनका महासचिव ओमकार अधिकारीले गरेका थिए ।
संयुक्त रुपमा आयोजना गरिएको उक्त पूजा तथा प्रवचन कार्यक्रममा ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसन, म्हाणे संघ रेडिङ, तामाङ घेदुंग संघ रेडिङ, रेडिङ तमु समाज, मगर समाज रेडिङ, पासा पुचः गुठी रेडिङ, क्षेत्री समाज रेडिङ, ठकुरी समाज रेडिङ, किरात समाज रेडिङ, फर्गटन ब्रिटिश गोर्खाज, रेब्गा रेडिङ, गेसो रेडिङ, आमा समूह रेडिङ, पेनी फर नेपाल, रेडिङ युथ र एचएसएमपी फोरम आवद्ध थिए ।
ऊक्त कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्था र व्यक्तिबाट भोजन तथा चन्दा संकलन गरिएको थियो । भक्तजनहरुले जलपान, फलफूल, हल सजावट, फोटोग्राफी, म्यूजिक सिस्टम, मैनबत्ति समेत प्रदान गरेका थिए । कार्यक्रम सफल बनाउन रेडिङ म्हाणे संघ तथा आमा समूह रेडिङको विशेष योगदान थियो ।
कार्यक्रम संयोजन ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसन उपाध्यक्षद्वय सुशीला गुरुङ र दिपक गुरुङले गरेका थिए ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त